खबर

कम्युनिष्टका नाममा मण्डलेहरु जन्मे : शेखर कोइराला

इटहरी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिले कम्युनिष्टका नाममा नवमण्डलेहरुको जन्म भएको बताएका छन।

कोइरालाले कांग्रेसका बिरुद्ध नेकपा गुण्डाराजको शैलीमा उत्रन थालेकाले अब कम्यनिष्टको दिनगन्ती शुरु भएको पनी बताए। कोइरालाले कम्युनिष्टको राज्य आतंक बिरुद्ध एकजुट भएर प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन समेत दिए।

नेपाली कांग्रेस चितवन क्षेत्र नं(१ ले रत्ननगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले भने(नेकपाका हतियारधारी कार्यकर्ताहरुले बॉके कांग्रेसकी सभापतीको हात भॉचिदिए।

तनहुमा हाम्रा पार्टीका नेताहरु मिनेन्द्र रिजाल र ध्रुव वाग्लेमाथी आक्रमण गरे।यही चितवनमा ज्ञानेन्द्र शाहीमाथी आक्रमण गरे। शाही कुन पार्टीका हुन् त्यो सरोकार भएन तर एउटा नेपाली नागरिकले स्वतन्त्र रुपले आफ्ना कुरा राख्न पाउॅने की नपाउॅनेरु

कोइरालाले कुनैपनी नेपाली नागरिक,पार्टीका कार्यकर्ता र नेतामाथीको आक्रमण कदापी सहृय नहुने बताए।कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले बर्तमान सरकारले लोकतान्त्रिक मुल्य र मान्यता कुल्चॅदै गएको बताए। सरकारले संबैधानिक निकायहरुलाई प्रधानमन्त्रीको लाचार छायॉ बनाउॅदै फासिष्ट शैली स्थापित गर्न खोजेको आरोप पाण्डेले लगाए।

कार्यक्रममा कांग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ,पुर्वसभापतीहरु( टेकप्रसाद गुरुङ् र रामकृष्ण घिमिरे, मकवानपुर कांग्रेसका पुर्वसभापतीहरु(रघुरमण न्यौपाने र रामचन्द्र अर्याल लगायतले कांग्रेसको अहिलेको नेतृत्व कम्युनिष्टका बिरूद्ध लड्न नसकेको बताए।

सञ्चारपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button