कला

‘शोले’ का ‘कालिया’ को निधन

एजेन्सी
बलिउड इन्डस्ट्रीका दिग्गज अभिनेता विजू खोटेको सोमबार ७८ वर्षको उमेरमा निधन भएको छ । फिल्मी दुनियाँको यो चम्किलो तारा सधैंका लागि अस्ताएको छ । विजू खोटे लामो समयदेखि बिरामी थिए । सोमबार बिहान उनले आफ्नो मुम्बईमा रहेको घरमा अन्तिम सास लिए । उनको निधनको खबरले बलिउड इन्डस्ट्रीमा शोक छाएको छ । उनीप्रति फिल्मकर्मी र प्रशंसकले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले ब्लकबस्टर फिल्म ‘शोले’ मा कालियाको आइकनिक क्यारेक्टर निभाएका थिए । यो क्यारेक्टरले मानिसको मस्तिष्कमा यस्तो गहिरो छाप छाड्यो कि आज पनि उनलाई कालिया चरित्रबाटै चिन्ने गर्दछन् । १९६४ बाट फिल्मी दुनियाँमा जोडिएका उनले कयौं मराठी र हिन्दी फिल्ममा काम गरेका छन् । ‘अन्दाज अपना अपना’ मा निभाएको भूमिकाबाट पनि उनी चिनिन्छन् ।

विजूको अन्तिम फिल्म ‘जाने क्यों दे यारो’ गएको वर्ष प्रदर्शनमा आएको थियो । उनले हिन्दी र मराठी फिल्ममा करीब ३०० बढि फिल्ममा काम गरेका छन् । १९४१ डिसेम्बर १७ मा मुम्बईमा जन्मिएका उनले फिल्म ‘मालिक’ बाट अभिनय करिअर सुरुवात गरेका थिए । उनले लगभग ३० टिभी सिरियलमा पनि काम गरेका थिए । कमेडी मनपर्ने भएकाले उनले भिलेनको रोल छाडेर कमिक रोल्स गर्न सुरु गरेका थिए ।

विजू खोटेको परिवार पनि फिल्मी दुनियाँसँग जोडिएको छ । उनी एक्ट्रेस दुर्गा खोटेका भजित हुन् । विजूकी बहिनी शुभा खोटे पनि बलिउड र टिभीबाट हुन् । शुभा खोटेकी छोरी भावना वलसावर पनि टिभी वर्ल्डमा सक्रिय छिन् । उनका पिता नन्दू खोटे नामी स्टेज एक्टर थिए । उनले थुप्रै साइलेन्ट फिल्ममा काम गरेका थिए । सोमवार दिउँसो विजूको अन्तिम श्रद्धाञ्जलीपछि अन्तिम संस्कार गरिनेछ ।flimkhabar/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button