ललितपुर। एक साता लामो शान्तिपूर्ण आन्दोलनमा होमिएका स्थानीय तहमा कार्यरत कृषि प्राबिधिकमाथि प्रहरी दमन भएको छ । शान्तिपूर्ण आन्दोलनको घोषण गरेका प्राविधिकमाथि सोमबार प्रहरीले लाठीचार्ज गर्दा ३ जना गम्भीर घाईते भएका हुन्।
घाईतेको न्यूरो अस्पताल काठमाडौंमा उपचार भैरहेको आन्दोलनका संयोजक मान बहादुर रावलले जानकारी दिनुभयो । नेपालीहरुको महान चाड बडा दशैँको अवधिमा जागिर खोसिएपछि गाउँ गाउँबाट काठमाडौँ आई पुगेका प्राविधिक कर्मचारीहरुले एक सातादेखि आन्दोलन गर्दै आएका छन् ।
के छ कृषि तथा भेटेनरी प्राविधिकको माग :
कृषि मन्त्रालयले २०७२ साल देखी करार रूपमा देशको ७४ जिल्लामा भर्ना गरेको कृषि तथा पशु सेवा गरि ३ हजार जना ७५३ स्थानीयमा कार्यरत प्राबिधिक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ असार २९ गतेको पत्र अनुसार २०७६/७७को पहिलो चौमासिक रूपमा ब्यबस्थापन हुने र निरंतरता लागी पत्र स्थानीय तहमा पठाए पछि साउन देखी कार्यरत रहेका छन् । समायोजनका समयमा काममा निरन्तरता दिलाउने भनेपनि अर्थ मन्त्रालयले दशैंको मुखमा हटाउने निर्णय गरेपछि तीन हजारभन्दा बढी कृषि प्राविधिक आन्दोलनमा उत्रिएका हुन् ।
प्राविधिकहरुलाई हटाइ नयाँ पहिलो श्रेणीको पदमा राख्ने मन्त्री स्तरीय निर्णय गरे पछी त्यसको विरुद्ध देश भरका कृषि तथा पशु सेवा प्राविधिक काठमाडौंमा आएर आन्दोलनमा उत्रिएका हुन् ।
नेपालको झन्डै ६६ प्रतिशत मानिस कृषि पेसामा सग्लन रहेका छन् । यहीँ अनुरुप देशभरकृषी सेवा को पहुँच पुर्याउने उद्देश्यले २०७२ साल देखी कृषि मन्त्रालयले लाकसेवाको परामर्शमा करारका रूपमा एक गाउँ एक प्राबिधिक अवधारणा ल्याइ एक गाउँ एक प्राबिधिकको रूपमा देखी भरि १५ सय कृषि र १५ सय पशु सेवा प्राबिधिकको दरबन्दी राखिएको थियो । त्यसपछि कृषि तथा पशु सेवा बिभाग मार्फत साबिक जिल्ला कृषि बिकास कार्यलयले लिखित तथा मौखिक पुरा गरि भर्ना गरेर कृषि तथा पशुको सेवा नपुगेको साबिक गाउ बिकास समिति मा खटाएको थियो ।
आन्दोलनरत प्राविधिकहरुका अनुसार अहिले देश संघीयतामा गैई सके पछि जिल्ला कृषि बिकास कार्यालयले स्थानीय तहमा खटाएको थियो । प्राय स्थानीय तहमा स्थाइ कर्मचारी नभएपछी यीनै करार प्राविधिकले स्थानीय तह धानिरहेका थिए ।krishipatrika/from