कृषि र किसान

मोदी सरकारद्वारा प्याज निर्यातमा रोक

ललितपुर। भारतीय बजारमा प्याजको मूल्य अत्यधिक बढेपछि केन्द्रीय सरकारले प्याज निर्यात गर्न रोक लगाएको छ। प्याजको मूल्य बृद्धि नरोकिएपछि यसमा ‘ब्रेक’ लगाउन केन्द्र सरकारले निर्यात बन्द गराएको हो।

तत्कालको प्रभावलाई हेरेर भारत सरकारको यो निर्णय आएको हो। भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार गराएको जानकारी अनुसार प्याजको मूल्यबृद्धि संकट समाधानका लागि निर्यातमा पूर्ण प्रतिबन्ध लगाइएको हो।

प्याजको मूल्य लगातार बृद्धि भएपछि उपभोक्ताका तर्फबाट सरकारको आलोचना भइरहेको छ। त्यसैले सरकारले जनतालाई राहत दिने उद्देश्यले यो कदम उठाएको मन्त्रालयतले उल्लेख गरेको छ।

यसअघि, शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबारबाटै सहरमा मोबाइल भ्यान र खाद्य सामग्री केन्द्रबाट प्याजको बिक्री गर्ने बताएका थिए। केजरीवालले २३ रुपैयाँ ९० पैसा प्रतिकिलोमा बिक्री हुने बताए।

नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले पनि प्याजको तत्काल पर्याप्त आपूर्ति गर्ने आश्वासन दिएको छछ। मन्त्री रामविलास पासवानले ट्वीट गर्दै सबै राज्यमा प्याजको माग अनुसार आपूर्ति गर्ने बतएका छन्। हरियाणा, आन्ध्र प्रदेश, दिल्ली, त्रिपुरा र ओडिशा राज्य सरकारले केन्द्र सरकारलाई पर्याप्त मात्रामा प्याज आपूर्ति गर्न माग गरेको थिए।

कृषिप्रधान देशमा वार्षिक सवा पाँच अर्बको प्याज आयात :
नेपालमा प्याज उत्पादन अत्यन्त कम छ । त्यसकारण आयातमा निर्भर हुनुपरेको छ । भन्सार विभागका अनुसार गत आव ०७५/७६ मा पाँच अर्ब २६ करोड ९६ लाख रुपैयाँको प्याज आयात भएको थियो । सो वर्ष आयातीत १६ करोड ७९ लाख किलो प्याजमध्ये ९५ प्रतिशत भारतबाट आएको थियो । त्यस्तै, आव ०७४/७५ मा चार अर्ब ६६ करोड ६६ लाख रुपैयाँको प्याज आयात भएको थियो । नेपालमा मुस्किलले पाँच प्रतिशत प्याज चीनबाट आउँछ । चिनियाँ प्याज चाँडै सड्ने र स्वाद पनि नहुने भएकाले उपभोक्ताले मन पराउँदैनन् ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button