खबर

विकास निर्माणमा रोकिएन वेथिति

गोविन ल्वागुन

शिवसताक्षी / शिवसताक्षी ११ मा पर्नेे पर्यटकीय क्षेत्र सताक्षीधाम परिसरको सतासी खोलामा निर्माण भएको ट्रस्ट पुलको निर्माण सम्पन्न नभई रकम भुक्तानी भएको पाइएको छ ।

ट्रस्ट पुलको निर्माणका लागि एक नम्बर प्रदेश सरकारको वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै, जनसहभागिताबाट १ लाख रुपैयाँ रकम लगानी भएको थियो । कुल ११ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो पुल निर्माणका क्रममा अनियमितता भएको स्थानीयले आशँका गरेका छन् ।

धाम नजिकै भएर बग्ने सतासी खोलामा निर्माण भएको ट्रस्ट पुल धाम परिसर र बुद्धपार्क जोड्नका लागि निर्माण गरिएकोे हो । तर, सो पुल खोलाको बीचमा निर्माण गरिएकाले पुलमा जानका लागि दुवैतर्फ बाटो समेत छैन । त्यस्तै, झिलझिले खोलामा निर्माण गरिएको अर्को ट्रस्ट पुल ८ नम्बर वडा कार्यालयको बजेटमा निर्माण भएको हो । सतासी पुल निर्माणमा कति रकम खर्च भयो भनेर सर्वसाधारणले सहज अनुमान गरिरहेका स्थानीयहरु बताउँछन् । तर, आधा मात्र काम हुँदा समेत सम्बन्धित निकायबाट सबै रकम भुक्तानी भएको भन्दै स्थानीयले अनियमितता भएको आरोप लगाएका छन् ।

१६ मिटर लम्बाई र ४ दशमलव ५ फुट चौडाईको सो ट्रस्ट पुल गत वैशाखमा सम्झौता भई निमाण कार्य सुरु गरी असार मसान्तसम्ममा सम्पन्न हुनपर्ने भएपनि पुलले अझै पूर्णता पाएको छैन । उपभोक्ता समितिमार्फत् निर्माण भएको सोे पुलमा बेथिति भएको सर्वसाधरणको आरोप छ । तर, निर्माण पक्षले भने सर्वसाधारणको भनाई खण्डन गदै प्रदेश सरकार र स्थानीय सरकारका प्राविधिकहरुको सहयोग नभएका कारण पुलको अवस्था यस्तो भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तकुमार शेर्मा बताउँछन् ।

सो ट्रस्ट पुलको कुल लागत स्टिमेट ११ लाख रुपैयाँ भएपनि ९ लाख ५० हजार रुपैयाँको काम भएकोमा ८ लाख २ हजार रुपैयाँ मात्र भुक्तानी भएको उपभोक्ता समितिको दावी छ । त्यस्तै, नगरको गौरवको योजनामा रहेको सताक्षीधाम परिसरमा निर्माण गरिएको ड्रेनसहितको सडकको अवस्था पनि उस्तै छ । शिवसताक्षी नगरपालिकाबाट ५२ लाख ६३ हजार ६ सय ५७ रुपैयाँको लागतमा निर्माण भएको सो सडकमा पनि सर्वसाधारणले अनियमितता भएको आशँका गरेका छन् । सो विषयमा उपभोक्ता समितिका अध्यक्ष डिल्लीरमण खतिवडाले वर्षात्का कारण थप काम गर्न अवरोध भएकाले काम अनुसार ४८ लाख ५० हजार रुपैयाँ मात्र भुक्तानी पाइएको बताए । अन्य काम आगामी बजेटबाट लकिङ टायल्ससहित निर्माण हुने उनको भनाई छ ।

नगरकै उत्कृष्ट पर्यटकीय क्षेत्रमध्येको एक सताक्षीधामको विकास निर्माणमा भएको वेथितिप्रति जनगुनासो सुरु भएको छ । प्रदेश सांसद् झलकसिंह दर्लामीले सम्बन्धित पक्षसँग आवश्यक छलफल गरेर सो विषयको सत्यतथ्य बुझ्ने र आवश्यकता अनुसार पुनः निर्माण कार्य थालिने बताए ।

शिवसताक्षीको पर्यटकीय क्षेत्र सताक्षीधाम परिसरको सतासी खोलामा निर्माण भएको ट्रस्ट पुल सताक्षीधाम र बुद्धपार्क जोड्नका लागि निर्माण गरिएको हो । विकास निर्माणमा लापरवाही हुनु, रकम भुक्तानी गर्नु र सम्बद्ध पक्ष मौन रहनुले सो विषयमा सम्बन्धित निकायको समेत संलग्नता हुनसक्ने नगरवासीको आशंका छ ।janasamsadonline

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button