खेलकुद

नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा

काठमाडौं – नेपाली मुलका अस्मिता आलेमगर इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएकी छन् । अस्मिता युइएफए वुमन्स यु–१९ च्याम्पियनसिपको छनोटको पहिलो चरणको लागि टोलीमा समेटिएकी हुन् ।

इंग्लिस क्लब एस्टन भिल्लाकी डिफेन्डर अस्मिताले अब इंग्ल्यान्डको युथ समूहबाट प्रतिनिधित्व गर्दै साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछन्।

अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएको उनको क्लब एस्टन भिल्लाले उल्लेख गरेको छ । पहिलो चरणको छनोट खेल सुरु भइसकेको छ ।

साइप्रसविरुद्ध ८–० को फराकिलो जित निकालेको खेलमा अस्मिता बेञ्चमै रहिन् । बेलायती पूर्व सेनाकी छोरी अस्मिता लामो समयदेखि नै इंग्ल्यान्डमा रहँदै आएकी छन् ।(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button