कृषि र किसान

कुखुरा पालेरै करोडपती

चितवन। निरन्तर सङ्घर्ष ग¥यो भने आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यहाँका चूडामणि भुसालले दिएका छन् । २२ वर्ष अघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेशा शुरु गर्नुभएका भुसालको फार्ममा अहिले एक लाखभन्दा बढी लेयर्स कुखुरा रहेका छन् ।

भरतपुर महानगरपालिका–२३ जगतपुरका ४२ वर्षीय भुसालले विसं २०५४ मा आफ्नै घरसँगै खोर निर्माण गरेर १५० ब्रोइलर कुखुरा पाल्न शुरु गरेका हुन् । भरतपुरको प्राइम बैंकका प्रबन्धकको कोठामा भेटिनुभएका भुसालले जोगी र साहु हुँदै यहाँसम्म आइपुगेको बताए । बाढी, बर्डफ्लु, जनआन्दोलन, नाकाबन्दीजस्ता सङ्कट उनले पार गरे ।

विसं २०५९ मा राप्ती नदीले सबै कुखुरा बगाएपछि सम्पत्तिभन्दा ऋण चार गुणा पुगेको भन्दै उनले निरन्तर काम नछोडेकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको बताए । बाढीले १५ हजार कुखुरा बगाएपछि ऋणमा चुर्लुम्म डुबे पनि हरेश नखानु भएका भुसालले त्यसपछि पनि कुखुरापालन व्यवसायलाई निरन्तरता दिए । यससँगै आफ्नो पुख्र्यौली चार कट्ठा जमीनलाई बढाएर त्यही ठाउँमा तीन बिघा १० कट्ठा जमीन पु¥याएको उनले बताए । भुसालले भनेजस्तै दोस्रो पटक फेरि २०६२/०६३ को जनआन्दोलनसँगै उनलाई यही पेशाले जोगी बनायो । ऋण अरु थपिए पनि पेशामा उनले निरन्तरता दिए । विसं २०६२ बाट उनले ब्रोइलरसँगै लेयर्स पनि पाल्न थाले ।

त्यतिबेला उनको कुखुरा ५० हजार पुगेका थिए । आँट बढ्दै गयो भुसालले भने “२०७१ सालमा नवलपरासीको धारापानीमा चार बिघा जमीन किनेर ४० हजार लेयर्स पाल्न थाले ।”

त्यसको दुई वर्षपछि उहाँले नवलपरासीकै दुम्कीवासमा पाँच बिघा जमीन किनेर ५० हजार लेयर्स पाल्न थाले । अझै विस्तारका लागि नवलपरासीकै मुडावासमा भुसालले तीन बिघा जमीन थपेका छन् । चार कट्ठा पुख्र्यौली जमीनबाट अहिले उनको जमीन १५ बिघा नाघेको छ । तीन ठाउँमा गरेर एक लाख १५ हजार लेयर्स छन् । भुसालका अनुसार श्रीमती सविना र छोरा शिवले अहिले व्यवसायमा सघाएका छन् । तीन स्थानमा गरेर ५५ मजदूरले काम पाएका छन् ।

पछिल्लो समय नोक्सानी बढेको भन्दै उनले चिन्ता समेत व्यक्त गरे । बैंकको ऋण तिर्न गाह्रो परेकोमा चिन्ता व्यक्त गर्दै उबले बैंकका प्रबन्धक पदम पौडेलतर्फ हेर्दै हरेश भने नखाएको बताए । पढाइका बारेमा जिज्ञासा राख्दा सानो हुँदा पढाइमा खासै ध्यान नगएको बताए । उनले भने, “मैले कक्षा ५ सम्ममात्र पढेको हो, त्यही लेख्दिनुहोस् ।”krishipatrika/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button