कला

खुश्बु हिस्सै !

एक दर्जनको आसपासमा फिल्म गरेर पनि आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न नसकेकी खुश्बु खड्काको नयाँ फिल्म ‘रातो टीका निधारमा’ गएको असोज १० गतेबाट प्रदर्शनमा आएको छ । रिलिजपूर्व फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको थियो । किनकि, युवापुस्तामा राम्रो क्रेज भएकी अभिनेत्री साम्राज्ञी आरएल शाह प्रमुख भूमिकामा थिइन् । तर, फिल्मलाई प्रदर्शनको दिनदेखि नै दर्शकको खडेरी लाग्यो ।

लामो समयदेखि फिल्म नपाएर छट्पटिएकी थिइन्, खुश्बु । आफ्नै काँधमा बोकेर फिल्म हिँड्न नसक्ने भएका कारण निर्माता/निर्देशकको आँखा उनीमाथि पर्न सकेको थिएन । कहाँबाट झक्किएर भेट्रान निर्देशक अशोक शर्माको आँखा उनीमाथि पर्‍यो र ‘रातो टीका निधारमा’ मा कलाकार बुद्धि तामाङको श्रीमतीको भूमिकामा अनुबन्ध गरे । यो फिल्म सफल भएको खण्डमा अन्य फिल्मबाट पनि अफरको लर्को लाग्नेमा खुश्बु विश्वस्त थिइन् ।

तर, फिल्मले हलमा नसोचेको दर्शक अभाव झेल्दा उनी ‘हिस्स बुढी खिस्स दाँत’ झैँ भएकी छन् । भूमिका र अभिनयको वाहवाही भएको भए पनि चित्त बुझाउने बाटो हुन्थ्यो, उनलाई । तर, त्यो पनि हुन सकेन । फिल्मको मूलकथासँग उनले निर्वाहा गरेको चरित्रले कुनै सम्बन्ध राखेको छैन । फिल्ममा विवाहित महिलाको भूमिका निर्वाहा गरेकी उनलाई ‘रातो टीका निधारमा’ हलमा नटल्किँदा करिअरमा ठूलो धक्का पुगेको छ ।

यो फिल्म बक्सअफिसमा टाँट पल्टिएपछि खुश्बुलाई अब अन्य मेकरले पत्याउने हुन् वा होइनन् भन्ने चिन्ताले सताउन थालेको छ । प्रायः नेपाली अभिनेत्रीहरु लगातार फिल्म असफल हुन थालेपछि विदेश पलायन हुने गरेका छन् । कोही भने घरजम गरेर बसेका छन् । खुश्बुले अझै नेपाली फिल्ममा आफूलाई स्थापित गर्न संघर्ष गर्नेछिन् वा अन्य अभिनेत्रीझैँ पलायनकै बाटो रोज्नेछिन् ? हेर्न बाँकी छ । कतै घरजम गर्ने योजनामा त छैनन् ?
flimikhabaronline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button