मूल खबर

‘टेप’ प्रकरणमा जोगिएका महरालाई ‘रेप’

फणीन्द्र फुयाल

काठमाडौं । लामो राजनीतिक जीवन, शालीन तथा भद्र नेता कृष्णबहादुुर महरामाथि यौन दुुव्र्यवहारको गम्भीर आरोप लागेको छ ।

मिडियामा अस्थिर महिलाको आरोपकै कारण सभामुुख जस्तो उच्च ओहदामा पुुगेका महरा नराम्रोसँग शिकार भएका छन् । मिडियामा आएको समाचारकै आधारमा सभामुुखलाई राजीनामा दिन लगाइयो ।
राजीनामा नदिए ठूूलै राजनीतिक उलटपुुलट भइहाल्छ भन्ने पार्टीमा पनि एकथरिले चर्चा गरे ।

नैतिक चरित्रको छानविन गर्नका लागि मार्गप्रशस्त गर्नुु सभामुख महराको सकारात्मक कदम हो ।

कृष्णबहादुुर महरा स्थापित नेता हुुन् साथै उनी एउटा मानवीय कमीकमजोरीसहितका मान्छे हुुन । हरेक मान्छे एक दुुईमा विभाजन हुुन्छ । राम्रो र नराम्रो कुरा मान्छेमा हुन्छन । सकारात्मक र पूूर्ण मान्छे त धर्मशास्त्रमा लेखिएको ‘भगवान’ मात्र होला ।
पत्रिकामा आएको र मेण्टल डिप्रेशनको शिकार भएकी महिलाको वयानकै आधारमा सभामुुख महरालाई अपराधी करार गर्ने गरी जसरी अहिले नै खेल भइरहेको छ, यो प्रतिशोध पूर्वाग्रहपूर्णं हो भन्ने नै ठहर्छ । मिडिया र कुनै व्यक्तिले आरोप लगाएकै आधारमा निर्णय गर्दै जाँदा यसले कस्तो नजिर बस्ला ?

पूर्व सभामुुख सुुवास नेम्बाङको मिडिया र अस्थिर महिलाको अभिव्यक्तिलाई लिएर जसरी निवर्तमान सभामुुखका विपक्षमा सक्रियता बढेको छ, यसले सुुखद संकेत गर्दैन । स्वयम् पूूर्व सभामुुख नेम्बाङ नै कति ‘नैतिकवान’ भनेर मिडियाले बहस गरेमा उनी पानीमाथिको ओभानो नहोलान । उनका बारेमा यस विषयमा धेरै प्रश्न छन् । यसैले संविधान, कानुुन बुुझेको अगुुवाले कस्तो नजिर बसाल्ने भन्ने कुुराको हेक्का उनी जत्तिका नेताले राख्नैपर्छ ।

लामो र कठिन संघर्ष गरेर आएका निवर्तमान सभामुुख महरा यो पछिल्लो प्रकरणमा कुुनै न कुुनै रुपमा दोषी छन् भन्ने कुरामा विवाद छैन । एउटा स्थापित नेतृत्वले कसरी चल्नु पर्छ भन्ने कुराको हेक्का नरहनु महराको सबैभन्दा गल्ती हो । उनको दोषको आधारमा कार्वाही पनि होला । पीडित भनिएकी केटीले नै आफूू मेण्टल डिप्रेशनको शिकार भएको र आफूूलाई मिडियाले फसाएको भनेर प्रहरीमा भनिसकेपछि स्थितिले नयाँ मोड लिएको छ । यसबारेमा कानुनी र व्यावहारिक विषयमा छलफल र टुंगो लाग्दै जाला । यसबारेमा अहिले नै बोल्न छिटो होला ।

उनीमाथि जुन स्तरको आरोप लगाएर अहिले विपक्षीसँग मोर्चा कसेर पार्टीभित्र लखेटिदैंछ यसले राजनीति र समाजलाई सही बाटोमा लैजादैंन । यस्ता प्रश्नहरु भोलि बिपक्षी नेताहरुतिर पनि तेर्सिन्छन् ।
महराको कमजोरी कम र राजनीति बढी हो भन्नेमा विवाद छैन । खासगरी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामा संसदमा लिएको अडान मुख्य कारण भएको राजनीतिक विश्लेषकको ठम्याइ रहेको छ । यो सभामुख महराकै कारण संसदबाट पारित नभएको सत्तारुढ नेकपाकै कतिपय नेताहरुको भनाइ छ ।

महरा पहिला पनि चिनियाँ व्यापारीको यस्तै टेप प्रकरणको शिकार भएका थिए । अहिले ‘रेप’ को आरोप खेपेका छन् । पहिला ‘टेप’ को जस्तै अहिले ‘रेप’ को आरोप पनि गलत प्रमाणित होला कि नहोला त्यो भने हेर्न बाँकी नै छ ।jhilko.com/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button