–डिङ गङ
अमेरिका र भारतका बौद्धिकहरूले सामान्यरूपमा दुई पक्षबीचको पूर्ण गठबन्धन बन्न सक्ने विशेषगरी चीनको उदयलाई सन्तुलनमा राखिरहन यी दुई देशबीच आमरूपमा कुनै सहमति बन्न बाँकी रहेकोले अहिलेको अवस्थामा यो उनीहरूको साझा हितमा रहेको विश्वास गरेका छैनन् ।
विदेश मामिलासम्बन्धी पत्रिकाको सेप्टेम्बर–अक्टोबर अङ्कमा रोबर्ट डी ब्ल्याकविलको आलेख ‘दी इन्डियन डिभिडेन्ड : न्यू देलही रेमेन्स वासिङ्टन्स बेस्ट होप इन एसिया’ शीर्षकमा प्रकाशित भएको छ । रोबर्ट डी ब्ल्याकविलले विदेश सम्बन्ध परिषद्का अमेरिकी वरिष्ठ विदेश नीतिज्ञ हेनरी ए किसिञ्ज र एसली जे टेलिस कार्निज इन्डोमेन्ट फर इन्टरनेशनल पीसका वरिष्ठ विज्ञलाई उल्लेख गरी अमेरिका–भारत साझेदारी फलदायी हुने जनाए । दुबै पक्षले चीनको उदयलाई सन्तुलनमा राख्न आफ्ना प्राथमिक हितको साझेदारीबारे विचार गर्नुपर्ने र सबै महत्वपूर्ण विषयहरूमा हुने गठबन्धनको सम्भावनालाई बन्द गर्न नहुने उल्लेख गरिएको छ ।
भारतीय सरकारले चीनको उदयलाई सन्तुलनमा राख्ने कुनै यस्तो रणनीति अङ्गीकार गर्ने प्रस्ट रूपमा घोषणा गरेको देखिएको छैन तर भारत र अमेरिकाले यस्तो बाटो अँगालेको सङ्केतहरु देखापरिरहेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको सन्तुलनसम्बन्धी सिद्धान्तले कुनै देशले आफूलाई अन्य देशहरूको वर्चस्वबाट जोगाउन चाहन्छ भने त्योसँग शक्ति वा अन्य शक्तिसँग प्रतिसन्तुलन कायम गर्ने भरपर्दो प्रणाली भएको हुनुपर्छ भन्ने जनाउँछ । यो सिद्धान्तले अन्य देशहरूसँगको सजगता र रोकथामको अवस्थालाई जोड दिन्छ ।
यथार्थमा शक्ति सन्तुलन सामान्यरूपमा कुनै निश्चित शक्तिशाली देशबाट आफ्नो प्रतिस्पर्धीको प्रतिकार गर्न सैनिक वा अन्य गठबन्धन बनाउन गरिन्छ । शक्ति सन्तुलनको एउटा परम्परागत उदाहरण शीतयुद्धको बेला हो । अझ यस्ता सन्तुलनले शत्रुताको विकास गर्ने देखिन्छ ।
चीनको उदयको हालका वर्षमा केही अमेरिकीहरूले फेरि शक्ति सन्तुलनको सिद्धान्तलाई ल्याएका छन् । चीनका लागि अमेरिकाको रणनीतिक छनौट चीनलाई रोक्नतर्फ तेर्सिएको छ । अमेरिकाको इन्डो–प्यासिफिक स्ट्रेटजीले यो मानिसिकताले निरन्तरता पाउने निश्चित छ । चीनको उदयका बारेमा इन्डो–प्यासिफिक स्ट्रेटजी र भारतीय चासोहरूबीच केही साझा विषय छन् ।
चीन र भारतबीच विगतमा विवादहरू थिए र अझ सीमा विवाद समाधान हुन बाँकी रहेका छन् । यसका अतिरिक्त चीनले भारतको जन्मेदेखिको शत्रु पाकिस्तानसँग निकटतम सम्बन्ध राखेको छ ।
भारतले चीनसँगको शक्ति सन्तुलनको माध्यमबाट सापेक्षित रूपमा क्षेत्रीय सन्तुलनमा आफ्ना हितहरूको संरक्षण होस् भन्ने चाहना राखेको देखिन्छ । यो बुझ्न सकिने विषय हो ।
यद्यपि, अमेरिकाले उठाएको शक्ति सन्तुलन भारतले आश गरेकोभन्दा फरक छ । अमेरिकाको कथित शक्ति सन्तुलनको उद्देश्य एसिया–प्रशान्त क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्ने र चीनलाई उदीयमान शक्ति हुनबाट रोकिराख्नु हो ।
दोस्रो विश्वयुद्धयता अमेरिकी वर्चस्वका सीमाअन्तर्गत सापेक्षितरूपमा एसिया–प्रशान्त क्षेत्रका देशहरूले निश्चय नै राम्रो महसुस गरेका छन् । तर यो क्षेत्रको संरचनामा परिवर्तन भइरहेको छ । यी परिवर्तनका लागि चीनको उदय एउटा महत्वपूर्ण अंश हो । भारत र दक्षिणपूर्वी देशहरू पनि उदाइरहेका छन् । उनीहरूले यो प्रक्रियालाई तीव्र पारिरहेका छन् ।
यो क्षेत्रमा अर्को महत्वपूर्ण परिवर्तन निरन्तर भइरहेको छ । भारतले यस क्षेत्रका छिमेकीहरूसँगको सम्बन्धलाई बलियो पारिरहेको छ र त्यसैले भारतको ‘पूर्व हेर नीति’को विकास भएको छ । भारतसहितको छिमेकी देशहरूसँगको सहयोग सम्बन्ध अभूतपूर्वरूपमा बलियो हुँदै गएको देखिन्छ । परिवर्तनका यस्ता परिदृश्यहरूमा पुरानो शक्ति सन्तुलनको सिद्धान्तका कुनै आधार छैनन् । कुनै पनि शक्ति चिनियाँ अर्थतन्त्रको विकासलाई रोक्न सक्षम छैन । चीनको उदीयमान शक्तिले निश्चय नै एसिया–प्रशान्त क्षेत्रको संरचनामा परिवर्तन ल्याउनेछ र बाहिरका कुनै सैन्य शक्तिले चीनलाई सन्तुलनमा राख्न सक्दैनन् । क्षेत्रीय देशहरूले नयाँ प्रणालीको विकास गर्नुपर्ने आवश्यकता छ ।
चीनलाई सन्तुलनमा राख्न खोज्ने प्रयासले भारतका आफ्ना हितहरूलाई बिथोलिदिने छन् । चीनको विकास रोक्न नसकिने र क्षेत्रको आमविकासको पङ्क्तिमा रहेकाले चीनलाई रोकिरहने प्रयास चीनसँगको सहयोगको अवसरका लागि ठूलो हानि निम्त्याउनेछ ।
भारतले यसरी सोच्नुपर्छ । यस क्षेत्रका देशहरूले अमेरिकासँग मिलेर संयुक्तरूपमा यो बेला चीनलाई रोक्न असम्भव छ । यस्ता कुनै रणनीति धेरै सुरूवाती अवस्थामा छन् तर यो निर्णायक समयमा सम्बद्ध पक्षले कुनै न कुनै छनौट गर्नुपर्ने हुनेछ ।
यो शक्ति सन्तुलनको रणनीति पश्चिमा कूटनीतिहरूले निर्माण गरेका छन् । यो पश्चिमा देशहरूको विगतमा उनीहरूको विस्तार प्रक्रियामा विदेश सम्बन्धहरूलाई दर्शाउँछ । आजको भूमण्डलीकृत विश्वमा एसियाली देशहरूसँग राम्रा–राम्रा छनौटहरू छन् । यो परीक्षण भारतका लागि मात्रै होइन, चीनका लागि पनि हो । दुबैले यो रणनीतिक जालोबाट हटेर सँगै अगाडि बढ्नुपर्ने आवश्यकताबोध गर्नुपर्छ ।
(लेखक पिपुल्स डेलीका वरिष्ठ सम्पादक हुन् ।)jhilok.com/from