
कञ्चनपुर। बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ । चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य निर्धारण गरिएको हो ।
सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्विन्टल ४४०, सामान्य उखुको मूल्यप्रति क्विन्टल ४१६ र कमसल खालको उखुको मूल्यप्रति क्विन्टल ४०० रुपैयाँ तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताए । चिनी मिलले आजदेखि उखु सङ्कलनसँगै तौल गर्ने कार्य समेत शुरु गरेको छ ।
मिलले किसानको उखुको तौल लिने काम कोडका आधारमा गर्ने जनाइएको छ । किसानलाई कोड र पर्चि नम्बर दिइने त्यसकै आधारमा किसानलाई मोबाइलमा म्यासेज पठाएर तौल लिने गरी व्यवस्था मिलाइको खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले बताए।
उखु किसानले अनुदानको पूरै रकम भने पाउन सकेका छैनन् । किसानसँग गरेको सहमति अनुसार ६५ रुपैयाँ प्रति क्विन्टल अनुदान दिने भनिए पनि किसानले मूल्यको ३० प्रतिशत मूल्य अझै पाएका छैनन् ।
किसानसँग गरेको सहमतिको २३ करोडको मूल्यमा हालसम्म सरकारले १६ करोड रुपैयाँ उपलब्ध गराए पनि अझै ७ करोड ३ लाख रुपैयाँ दिन बाँकी रहेको संयोजक विष्टले बताए ।krishipatrika