खबर

टिपरकाे ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

न्युज अफ नेपाल, मोरङ ।
मोरङमा टिपरले ठक्कर दिँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ।

मोरङको उर्लाबारी दक्षिण सडकखण्डको उर्लाबारी नगरपालिका–५ डुम्राहाकी चार वर्षीया राधिका मण्डललाई ठक्कर दिएको हो ।

ना ८ ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा मंगलबार दिउँसो राधिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सडकमा पैदल हिँडिरहेकी राधिकालाई दक्षिणतर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको थियो।

टिपर चालक रतुवामाई नगरपालिका–५ का आशिष मण्डल र टिपरलाई नियन्त्रणमा लिएको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले वनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button