
जी एन शर्मा
धरान आफैमा बाम आन्दोलनको उर्बर भूमिका नाम र काम दुबैले चिनिएको ठाउँ, कम्युनिष्टहरुको किल्लाका रुपमा मात्र होइन पञ्चायतकाल समेत खैलाबैला मच्चाईरहने क्रान्तिकारीहरुको पकड क्षेत्रमा गएको उप निर्वाचनमा काँग्रेसले धरान उप महानगर पालिकामा मेयर जित्यो । अहिले बामपंथीहरुको किल्ला भनिएको धरानमा काँग्रेसले आफ्नो नयाँ इतिहाँसको खाता खोल्दा थरिथरिका बिश्लेषण र अड्कलहरु आएकाछन् ।
सोझो हिसावले हेर्दा कम्युनिष्टले जितेका ठाउँमा काँग्रेस र काँग्रेसले जितेका ठाउँमा कम्युनिष्टले जित्नै नहुने र यस्तो हुनु बिपत्तिनै संझन्ने चिन्तनै राजनीतिको संर्किण चिन्तनमा दरिन पुग्छ । भर्खरै भएको उप निर्वाचनमा कतिपय काँग्रेस र कतिपय ने क पाका पकड भएका स्थानमा साटफेर भएको छ । कुनै क्षेत्र र स्थान कसैका लागि पकड वा किल्ला मानिएका हुन सक्छन् तर जनता अथवा मतदाता कसैका दास भएका हुदैनन् । त्यो फलानाको पकड थियो तर अर्को आयो भन्नु राजनीतिक आँकलनका हिसाबले एक हद सम्म ठिक ठिकै भए पनि मतदाताको मनस्थिति र तत्कालको त्यहाँका जनलहर र जनचाहानानै जित र हारको मानक बन्न जान्छ ।
अहिले पूर्वको धरानमा उप निर्वाचनमा काँग्रेसले मेयर पदमा जित्नुको पछाडि हेर्दा ने क पाको कमजोरी र काँग्रेसको सकृयतालेनै धरानमा काँग्रेसले जितेको हो भन्नु पर्छ । सरकारमा भएको पार्टीलाई मतदाताले मतदान गरिहाल्छन् नि भन्ने सोलोडोलो राजनीतिक बिश्लेषणकै कारण पनि यो उप निर्वाचनमा ने क पाले आफ्नो पकड भनेको ठाउँमा मेयर पदबाट हात पखाल्नु परेकोछ । सरकार ने क पाको भए पनि मेयर पदमा हराउन सक्नु भनेको सरकारको अलोकप्रियताको एउटा ठूलो मुद्दा बन्न सक्छ भन्ने धेयका साथ काँग्रेसले देखाएको सकृयतालेनै उसले धरानमा मेयर आफ्नो पार्न सफल भएको हो । धरानमा काँगेसले जित्नु भनेको ने क पाले आफ्ना सकृयता र जनचाहना अनुसार सरकार र पार्टी हिडेको पो छैन कि भनेर समिक्षा गर्ने एउटा अवसर पनि हो । ने क पाको किल्ला अलेली भए पनि हल्लाइयो भनेर काँग्रेसले पनि धेरै फुर्ती गर्ने बेला छैन किनभने जनता वा मतदाता भनेका कसैका पकड क्षेत्रका भए पनि कसैका पकेट हुने रहेनछन् भनेर त यो उप निवार्चनमा सबैले चेत खाएकाछन् ।
मुख्य गरि धरानमा ने क पाले केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारले ल्याएका केही राम्रा कामहरुका बारेमा त्यहाँका मतदाता माझ पुु¥याउन नसक्नु, प्रचार अभियानलाई बजारका भित्रिभाग सम्म पार्टी एकता र सरकारका कामहरुका बारेमा मतदातालाई भरोसायोग्य रुपमा बुझाउन नसक्नु, पार्टीलाई भावनात्मक एकताको यात्रामा जनता समक्ष बिश्वास जित्ने गरि कार्यक्रम पु¥याउन नसक्नु र सरकारका बिरुद्ध गरिएका भा्रमक प्रचारहरुलाई चिर्न नसक्नुले पनि धरानमा यस पटक मन अमिलो पारेर भए पनि काँग्रेसलाई मेयर पद छाड्नु परेको हो । यसका अलवा निर्वाचनको पूर्व सन्ध्यामा उम्मेद्वारका आकांक्षीहरुको सही ब्यबस्थापन गर्न नसक्नुले पनि यस पटक आफ्नो किल्लाबाट ने क पा एक कदम पछि हट्नु परेकोछ ।
संसदीय निर्वाचन भनेकै कसरी हराउने र कसरी जित्ने भन्ने खेल हो । सरकार ने क पाको भए पनि बिपक्षीहरु पनि कसरी सरकारमा रहेको पार्टीलाई हराउने भन्ने सबै खाले चाल चल्न सक्छन् भन्ने कुरामा भन्दा पनि तत्कालिन एमाले र माओवादीको मत जोड्ने र सरकारमा आफ्नो पार्टी छ र पहिला पनि आफैले जितेको ठाउँ हो भनेर अलिक धेरै ढुक्कले बसेकाले पनि यस पटक धरानमा ने क पाले हार सहन गर्नु परेको हो । हामीले किन हा¥यैँ र उसले किन जित्यो त भनेर अब ने क पाले मिहिन समिक्षा गर्ने पनि समय आएकोछ । र, यसले एउटा पाठ पनि के सिकाएको छ भने मतदाता सरकार जसको भए पनि निर्वाचनको बेलामा कतै पनि ढल्कन सक्ने रहेछन् पुरानो हिसाबको जोड , घटाउ र भागा गुणाको अर्थ खासै हुने रहेनछ भनेर पनि ने क पा मात्र होइन अरु पनि संसदीय पार्टीले सोच्नु पर्ने रहेछ भन्ने सिकाइ पनि उप निवार्चनले पाठ दिएको छ ।
धरानमा ने क पाले उप निर्वाचनमा पाएको हार मात्र होइन यसलाई चुनौती र अवसरको रुपमा समेत लिन सक्नु पर्छ । सरकारले गरेका राम्रा कामहरु जनताले बुझ्ने गरि र पत्याउने गरि प्रचार गर्न नसक्नु , पार्टी एकता र सांगठानिक संरचनाको निमार्ण कार्यमा एकरुपतामा देखिएको असहजता, मतदाताको मनोबैज्ञानिक चाहना र स्थानिय स्तरमा प्रत्यक्ष देखिने र आधारभूत आबाश्यकताका बिकास निमार्णका काममा चासो र तदारुकता अनि पार्टी र सरकारका बिरुद्ध गरिने भाम्रक प्रचारशैली जस्ता कुरालाई पनि अब ने क पाले आत्मसमिक्षा गर्ने बेला भएको छ ।