
एजेन्सी – युवा खेलाडीद्धय टम्मी अब्राहम र मासन माउन्टको गोल सँगै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ । भिल्लाका ट्रेजेग्वेटले एक गोल फर्काए ।
स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । खेलको २४औं मिनेटमा टम्मी अब्राहमको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो । ४१औं मिनेटमा ट्रेजेग्वेटले बराबरी गोल फर्काएको थियो ।
दोस्रो हाफको शुरुमै चेल्सीले पुन खेलमा अग्रता बनाउन सफल भयो । टम्मीको पासमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि चेल्सीले पाहुना टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो ।
जितसँगै चेल्सीले शीर्ष चारमा बलियो पकड बनाएको छ ।
चेल्सीको १५ खेलबाट २९ अंक पुगेको छ । पराजित भिल्ला १५ अंकसहित १५औं स्थानमा छ । लिभरपुलको ४३, लेस्टरको ३५ र म्यानचेस्टर सिटीको ३२ अंक छ ।
प्रिमियर लिगको अन्य खेलमा वल्भ्सले वेस्ट ह्यामलाई २–० ले तथा साउथह्याम्पटनले नर्विच सिटीमाथि २–१ को जित निकालेको छ । वल्भ्स पाँचौ, वेस्ट ह्याम १३औं, साउथह्याम्पटन १७औं र नर्विच १९औं स्थानमा छ ।hamrokhelkud