सम्पादकीय

आजका काठमाडौबाट प्रकाशित पत्रिकामा छापिएका सम्पादकीय

नयाँ पत्रिकाले यती एयर समूहले डेढ दशकअघिदेखि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कोङ्दे हिमालको फेदीमा दुधकोसी नदीभन्दा झन्डै पाँच सय मिटरमाथि रिसोर्ट सञ्चालन गर्दै आएको विषयमा सम्पादकीय लेखेको छ । राष्ट्रिय निकुञ्जको जमिन व्यक्तिको नाममा दर्ता गरी त्यहाँ रिसोर्ट सञ्चालन गरिनु व्यावसायिक र राजनीतिक शक्तिबीचको साँठगाँठ परिणाम हो भएको उल्लेख गर्दै ‘निकुञ्जको जमिनमा रिसोर्ट’ शीर्षकमा लेखिएको सम्पादकीयमा सो विषयमा छानबिन गर्न माग गरिएको छ ।

 कान्तिपुर दैनिकले नेपालमा अपांगता भएका सबै नागरिकको पहिचान गरी उनीहरुको अशक्तता अनुसारको सुविधा प्रदान गर्नुपर्नेमा जोड दिँदै सम्पादकीय लेखेको छ । ‘अपांगता र राज्यको दायित्व’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –सार्वजनिक यातायातका साधनमात्त होइन, हाम्रा शिक्षालय, स्वास्थ्य संस्था र सरकारी अड्डाका भवनहरु अपांगता भएकाहरुका लागि सहज छैन । त्यस्ता व्यक्तिको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो ।

 अन्नपूर्ण पोस्ट्ले देशमा भइरहेको त्रासदीपूर्ण सडक दुर्घटना नियमित हुँदा नागरिकको अकालमा ज्यान जाने गरेको विषयमा सम्पादकीय लेखेको छ । ‘सार्वजनिक यातायातजस्तो अति न्यूनतम सुविधा पु¥याउनु राज्यको दायित्व हो । काठमाडौंका सडकमा पिचमाथि पिच गर्ने सडक विभाग यस्ता विषयमा कहिल्यै गम्भीर भएर हेरेको छ रु,’ दुर्घटनाको त्रास शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ, ‘नियमन निकायलाई कडिकडाउ र आधारभूत पूर्वाधार विकास यी दुई विषय राज्यले ध्यान दिने विषय हो भने सडक दुर्घटनामा उल्लेखनीय कमी आउन सक्छ ।’

 गोरखापत्रले  सडकको दुरावस्था, जीर्ण पर्खाललगायतका संरचना, अग्ला र सडक प्रतिकूल रुख, अव्यवस्थित बिजुली र फोनका तारले काठमाडौं उपत्यकामा पटकपटक सर्वसाधारणको मृत्यु हुनेगरेको उल्लेख गर्दै ‘सभ्य नागरिक, सुरक्षित सडक’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘सडक निर्माण वा मर्मत गर्दा बिजुली र फोनका तार व्यवस्थापन, पानीका पाइप तथा ढल विस्तारलगायतका भौतिक पक्ष र व्यक्तिगत अतिक्रमण, व्यापारिक प्रयोजन, निर्माण सामग्री थुपार्नेजस्ता कार्यलाई निरुत्साहन गर्नुपर्छ ,’ सम्पादकीयमा उल्लेख छ ।

उदार अर्थतन्त्र बोकेको लोकतान्त्रिक शासन व्यवस्थामा कुनै पनि व्यक्तिलाई आफ्नो इच्छानुसार खर्च दिनुपर्ने तर्कको वकालत गर्दै नागरिक दैनिकले ‘समाज सुधारमा सरकार’ शीर्षकमा सम्पादकीय लेखेको छ । २०३३ सालमा ल्याइएको सामाजिक सुधार ऐनअनुसार समाजलाई अगाडि बढाउन नहुने तर्फ प्रस्तुत गर्दै सम्पादकीयमा भनिएको छ –अहिले समाजिक व्यावहार सुधार ऐन कार्यान्वयन गर्न नसकिएको भन्ने लाचारी व्यक्त गर्दै राष्ट्रियसभाको विधायन समितिलाई मन्त्रालयले राय दिएको छ । वास्तमा कस्तो भोज गर्ने, कति मानिस बोलाउने भन्नेमा राज्यले चासो राख्न जरुरी छैन ।

मंसिर १४ मा सम्पन्न निर्वाचनमा काँग्रेसले नेकपासँग धेरै स्थानमा हार व्यहोरेपनि विगतको तुलनामा मत बढाउनुको कारण प्रस्ट्याउँदै आजको समाचारपत्रले ‘नेकालाई असन्तुष्टिको लाभ १’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा सत्ताधारी दलसँग जनता असन्तुष्ट रहेका कारणले मात्र कांग्रेसको त्यसको लाभ लिएको सम्पादकीयमा उल्लेख गरिएको छ ।

 कारोबारले पछिल्लो समय आमउपभोक्ताले बजारमा अत्यधिक महँगी बढेको अनुभूत गरेको तर सरकारको अनुगमन नाममात्रको भएको उल्लेख गर्दै ‘कर्मकाण्डी बनेको बजार अनुगमन’ शीर्षकमा सम्पादकीय लेखेको छ । बजार अनुगमन र निरीक्षणका गतिविधिलाई केबल शुभलाभको हिसाबले नहेरी साँच्चिकै प्रभावकारी तुल्याउनुपर्ने सुझाव प्रस्तुत गर्दै सम्पादकीयमा भनिएको छ –बजारको अराजकतालाई नियन्त्रण गर्ने दुई वटा विधि छन्, एउटा सरकारले बजार हस्तक्षेप गर्ने र अर्को बजारलाई नियमनको दायरामा ल्याउने ।

नेपालमा चिनी उद्योगको समस्या निकै जटिल भएको र त्यसलाई सुल्झाउनुपर्नेमा जोड दिँदै आजको आर्थिक अभियानले ‘चिनीमा सधैंको किचलो’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘सरकारले चिनी आयातमा प्रतिबन्ध लगाउँदा उपभोक्ताले प्रतिस्पर्धी मूल्यमा चिनी किन्न पाउँदैनन्, प्रतिवन्धले स्वदेशी उद्योगको संरक्षण त होला तर उपभोक्ताको अधिकार भने हनन हुन्छ,’ सम्पादकीयमा भनिएको छ, ‘चिनी उद्योग समस्यामा जेलिएको छ, जोखिएको गाँठो फुकाउने काम सरकारको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button