आर्सनलको अर्काे हार


एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सानलले खराव प्रदर्शनलाई निरन्तरता दिदा बिहीबार राति अर्काे हार बेहोरेको छ । आर्सनल घरेलु मैदानमै ब्राइटनसँग २–१ ले स्तब्ध बनेको हो ।

पछिल्ला पाँच खेलमा आर्सनलले जित निकाल्न सकेको छैन । यसक्रममा आर्सन्लले ३ हार तथा दुई बराबरीको नतिजा निकालेको छ । ब्राइटनका एडम र निल मोउपेले गोल गरे । घरेलु टोलीका एलेसान्द्रे लाकाजेट्टीले एक गोल फर्काए । इमिरेट्स स्टेडियममा एडम वेब्सटेरले गोल गर्दा आर्सनल पहिलो हाफमा १–० ले पछि परेको थियो ।

५०औं मिनेटमा मेसुट ओजिलको पासमा लाकाजेट्टीले बराबरी गोल फर्काए । ६४औं मिनेटमा डेभिड लुइजले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ८०औं मिनेटमा निल मोउपेले गोल गर्दै पाहुना टोलीलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन नसक्दा आर्सनल घरेलु मैदानमा स्तब्ध बन्न पुग्यो ।

हारसँगै आर्सनल १५ खेलबाट १९ अंक जोडेर १०औं स्थानमा छ । ब्राइटन १८ अंक जोडेर १३औं स्थानमा छ ।

अर्काे खेलमा न्यु क्यासल युनाइटेडले सेफिल्ड युनाइटेडमाथि २–० को जित निकालेको छ । न्यु क्यासलका एलन सेन्ट म्याक्सिमिन र जोन्जो सेल्भेले गोल गरे । जितसँगै न्यु क्यासल १९ अंक जोडेर ११औं स्थानमा उक्लदा सेफिल्ड १९ अंकसहित नवौं स्थानमा यथावत छ ।hamrokhelkud