काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा नेपालले स्वर्णमा कीर्तिमान कायम गर्न सफल भएको छ ।
३६ स्वर्ण पदकसहित नेपाल दोस्रो स्थानमा रहेको छ । ५८ स्वर्णसहित भारत पहिलो स्थानमा, १६ स्वर्णसहित श्रीलंका तेस्रो, १२ स्वर्णसहित पाकिस्तान चौथो र ४ स्वर्णसहित बंलादेश पाचौँ स्थानमा छ । घरेलु मैदानमा जारी सागमा नेपालले स्वर्णमा कीर्तिमान राखेको हो ।
नेपालले बिहीबार बेलुकीसम्म साग इतिहासमै सर्वाधिक स्वर्णको कीर्तिमान बनाउन सफल भएको छ ।
यस अघि सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणमा नेपालले ३१ स्वर्ण जितेको थियो ।