साम्राज्यवादी हस्तक्षेपविरुद्ध नक्सा प्रदर्शन र सभा


कैलाली : अखिल क्रान्तिकारी जिल्ला समिति कैलालीले भारतीय हस्तक्षेपविरुद्ध विभिन्न विद्यालयका विद्यार्थीहरुसहित र्याली निकाल्दै नेपालको नक्सा प्रदर्शन गरेको छ । नक्सा प्रदर्शनसँगै सङ्गठनले कोणसभा पनि आयोजना गर्यो । कोणसभाको सञ्चालन सङ्गठनका जिल्ला सचिव महेश पातलीले गरेका थिए भने सङ्गठनका केन्द्रीय सदस्य बबरजङ्ग सिंहले कोणसभालाई सम्बोधन गरेका थिए ।

यसअगाडि अखिल (क्रान्तिकारी) सेती महाकाली ब्यूरोले भारतद्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा कञ्चनपुरको महेन्द्रनगरमा हजारौं विद्यार्थी सहित विरोध प्रदर्शन गरिएको थियो । उक्त विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य बबरजङ्ग सिंह र कञ्चनपुर जिल्ला अध्यक्ष नरेन्द्र भाटद्वारा सम्बोधन गरिएको थियो ।

जुलुसको नेतृत्व अखिल (क्रान्तिकारी) क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहको नेतृत्व गरिएका थियो । विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश जप्रेल, शंकर महरा र कैलाली जिल्ला अध्यक्ष सुबास जोशी लगायत जिल्ला स्तरीय नेता कार्यकर्तासहित हजारौं विद्यार्थीको सहभागीता रहेको थियो ।२०७६, २१ मंसिर शनिबार ०८:३४ ई-रातो खबर