निरोज तोलाङे,सिन्धुपाल्चोक/ राष्ट्रिय दलित पत्रकार संघ, नेपालको सिन्धुपाल्चोकको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सो भेलाले सुनिल मिजारको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति चयन गरेको छ ।
सो भेलाले उपाध्यक्षमा एस्तर रामुदामु, सचिवमा शिव परियार, सहसचिवमा रेबिका विश्वकर्मा र कोषाध्यक्षमा सुनिता सून्दास चयन भएका छन्। सदस्यमा अस्मिता परियार, सुनिल रोक्का, रचना बिक, हिमाद बिक र उमेश बिश्वकर्मा चयन भएका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न भएको सो भेलाको सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रमणकुमार जिसीले उदघाटन गरेका थिए । भेलाको उद्घाटन गर्दै अध्यक्ष जिसीले दलित समुदायका पत्रकारहरुको क्षमता वृद्धि र संस्थागत विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले पत्रकारहरुको देशभरका दलित समुदायका संस्थाको रुपमा स्थापित साझा संघले दलगत स्वार्थभन्दा माथि उठेर दलित समुदायका पत्रकारहरुको हक हितका काम गर्ने बताए ।
संघका केन्द्रिय महासचिव लक्ष्मण दर्नालले संघले स्थापनाको छोटो समयमै दलित समुदायबाट सहयोग पाएको र प्रदेश र जिल्ला तहमा संगठन विस्तारलाई तीव्र बनाएको जानकारी दिए ।
संघको प्रदेश नं. ३ का अध्यक्ष चित्र मिजारको अध्यक्षतामा भएको सो भेलामा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिना, जिल्लाका दलित नेता कृष्ण रसाइली, संघका उपत्यकाका सहसचिव निरोज तोलाङे लगायतले दलित समुदायका पत्रकारहरु एकजुट भएर दलित समुदायको हक अधिकार स्थापित गर्न मद्दत गर्नुपर्नेमा जोड दिए ।