जाडो मौषम भन्न साथ सवैको आङ सिरिङ्ग हुन्छ । अझ तराईमा धेरैले न्यानो कपडा लगाउन समेत पाउदैनन् । तराईमा हुने शीत लहरले दर्जनौको ज्यान जाने खबरत हामीले वर्षेनी सुन्दै आएका छौ ।
नेपालमा भर्खर मात्रै जाडो मौसम भित्रिंदै छ । तर शहरियाहरुलाई भने जाडोमा न्यानो कपडा मात्रैले पुग्दैन । उनीहरु स्वास्थ्यमा समेत सचेत छन् ।
जाडो मौसम भन्नेवित्तिकै छालाको रुखोपन पनि सँगै आउँछ । रुखोपनले अनुहार वा शरिरका अन्य भागहरु फ्रुस्रो देखिन्छ । यस्तो देखिनु भनेको झट्ट हेर्दा नराम्रो देखिनु हो । कतिपयले यसको समाधानका लागि बडी लोसनको प्रयोग गर्नेगर्दछन् । बडि लोसन त तत्कालको सजिलो उपाय मात्रै हो । तर तपाईंलाई थाह नहुनसक्छ धेरै खानेकुराहरु छन् जसले छालालाई रुखो हुनबाट जोगाउछ ।
१) अण्डाः अण्डामा पाइने ल्युटिन तत्वले छाला कोमल बनाइराख्छ । जसले गर्दा छालालाई सुख्खा हुनबाट जोगाउन मद्यत गर्छ । हुन त अण्डाको अरु धेरै फाइदाहरु छन् । भनिन्छ, एउटा अण्डाले चार घण्टासम्म भोक थाम्छ ।
२) पालुङ्गोः मिठो सागका रुपमा लिइने पालुङ्गोमा फाइटोकेमिकल्स हुन्छ । कजसले कतपाईंको छाला सुख्खा हुनबाट बचाउँछ ।
३) कांक्रोः कांक्रोलाई चिलो फलका रुपमा लिइने भएपनि यसले जाडोमा कपुर्याउने फाइदा अन्य धेरै छन् । यसमा पानीको मात्रा अधिक हुनेहुँदा छाला सुख्खा हुन पाउँदैन ।
४) भुुई कटहरः भुुई कटहरमा भिटामिन सीको मात्रा अधिक हुन्छ । यसले स्किन सेलमा क्षती पुग्नबाट बचाउँछ र छाला नरम बनाइराख्छ ।
५) टमाटरः टमाटरमा लिपोइक एसिड हुन्छ, यसले पनि भुुई कटहरले जस्तै स्किन सेल क्षती हुनबाट जोगाउँछ र तपार्यंको छाला सुख्खा हुन पाउँदैन ।
६) सखरखण्डः सखरखण्ड फाइबर रिच हुनुका साथै बीटा क्यारोटिन पनि प्रसस्त मात्रामा पाइन्छ । यसले छाला सुख्खा हुनबाट जोगाउँछ ।
७) माछाः माछामा पाइने ओमगा ३ फेटिक एसिड तत्वले छालाको नरमपना कायम राखिरहन मद्दत गर्छ ।
८) बदामः बदाममा भिटामिन इको मात्रा उच्च हुन्छ । यसले कस्किन सेलमलाई क्षती हुनबाट जोगाउँछ । बदाममा त्यसैपनि चिल्लो पदार्थ हुन्छ । यसले पनि सुख्खा शरिरलाई ओइली बनाउन मद्यत गर्छ । जसले गर्दा त्यसको असर छालामा खासै पर्दैन ।
९) सुकेको नरिवल : सुकेको नरिवलको लड्डु, वर्फी, हलुवा बनाएर यसलई बिहान वा दिउँसो स्न्याक्सको रुपमा गर्न सकिन्छ । लड्डु बनाउनका लािग सुकेको खरिवल र मह मिलाउन सकिन्छ । यदि यसलाई अझै धेरै पौष्टिक बनाउने हो भने यसमा मुम्फली वा चना मिसाउन सकिन्छ ।
यसमा आवश्यक फ्याटी एसिड हुन्छ जसले कपाललाई मोटो र बाक्लो बनाउँछ । साथै यसले छालामा प्राकृतिक चमक भरिदिन्छ र ओंठ फुट्नबाट जोगाउँछ । यसमा माइक्रो न्यूट्रियन्ट्स पनि हुन्छ जसले कपालको हाँगा फाट्ने समस्यालाई हल गर्छ र चायाबाट बचाउँछ ।
१०) अदुवाको धुलो : सुकेको अदुवाको धुलोललाई दुधरचिया वा लड्डुमा हालेर प्रयोग गर्न सकिन्छ । यसलाई यदि टाउकोमा लगाउने हो भने नरिवलको तेल वा तिलको तेलमा मिसाएर लगाउनुपर्छ ।
यसमा एन्टीअक्सिडेन्ट हुन्छ जसले छाला तथा कपाललाई नष्ट हुनबाट बचाउँछ । यसको तेलले कपालका लागि प्राकृतिक कन्डिसनरको काम पनि गर्छ ।
११) तिल : तिलको लड्डु बनाएर खान सकिन्छ । तिललाई तरकारी, दाल वा रोटीमा पनि मिलाउन सकिन्छ । तिलमा मौजुद भिटामिन बि १ र भिटामिन इ हुन्छ जसले कपाल फुल्नबाट बचाउँछ ।
छाला रोगबाट कसरी बच्ने ? यी हुन् रोकथामका उपाय
छाला शरिरहेको एउटा यस्तो पत्र (लेयर) हो जसले शरीरलाई भित्री संक्रमण हुनबाट जोगाउँछ । कहिले काही मौसम अनुसार या अन्य रोगका कारणले पनि छालामा विभिन्न समस्या आउन सक्छन् ।
काठमाडौँ मेडिकल कजेलकी प्राध्यापक तथा छाला रोग विशेषज्ञ सबिना भट्राईका अनुसार छालाको समस्या मध्ये प्राय छालामा सुख्खापन देखिने, एलर्जी हुने, चिलाउने र छाला फाट्ने जस्ता समस्या प्रमुख हुन्। उनका अनुसार शरीरको भित्री भागमा हुने विभिन्न रोगको लक्षण पनि छालामा देखिने गर्छ ।
प्राय जसो छाला चिलाउने र छाला सम्बन्धि अन्य समस्यालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका हुन्छन् तर छालामा हुने समस्यालाई हेलचेक्राई गरियो भने यसले हाम्रो शरिरमा जटिल समस्या उत्पन्न गराउन सक्छ, भन्छिन डा। भट्राई ।
छालामा हुने मुख्य समस्या
१ सुख्खापन
सुक्खापन धेरैको समस्या हो । छालामा विभिन्न कारणले सुक्खापन हुने गर्दछ । यो शरिरमा भएको कुनै रोग या लामो समयसम्म कडा साबुनको प्रयोगका कारणले हुने समस्या हो । यो समस्या केहीमा वंशाणुगत पनि हुने गर्छ । उमेरले पनि सुक्खापन ल्याउन सक्छ भने उमेर बढ्दै जादा अनुहारमा चाउरी पर्ने, हात र खुट्टा फाट्ने, छाला खुम्चिने समस्या हुन्छ ।
२ एलर्जी
छालाको रोगसँग लड्ने क्षमता इम्युनिटी पावरमा गढबढी आएमा एलर्जीको समस्या हुन्छ । लामो समयसम्म हातमा घडी, ब्रासलेट, क्यामिकलयुक्त रङ्गको प्रयोग गर्दा छालाको माथिल्लो भागमा असर पार्छ र एलर्जी गराउँछ ।
३ बिभिन्न ब्याक्टेरिया भाइरसको संक्रमण
छालामा भाइरस, ब्याक्टेरिया र ढुसीका कारण संक्रमण हुने गर्छ । यसैगरी लुतो पनि संक्रमणको कारण हुनसक्छ । यो सँगै घरपालुवा कुकुर र बिरालोबाट पनि संक्रमण हुन्छ । कुकुर र बिरालोको कुनै–कुनै किटाणु मानिसमा सर्न सक्छ त्यसैगरी कुकुर बिरालोमा हुने रौ र चाया मानिसको छालामा आएमा छालामा संक्रमण फैलिन्छ । छालाका रोगी मानिससँगको उठबसले पनि यो रोग सार्ने हुन्छ ।
४ छालाको रोगका कारण हुने समस्या
लाइकन प्लानस
लाइकन प्लानस भएमा कपाल चिलाउने, नङ, कुहिनोमा समस्या देखिने ,शरिरमा निलो डाम देखिने हुन्छ । छालाको इम्यूनिटी पावर छालाको कोषसंग जुध्न पुगेमा छालामा समस्या हुन्छ । मेडिकलको भाषामा यसलाई अटो इम्यूनो डिजिज पनि भन्ने गरिन्छ । कतिपय अबस्थामा हात खुट्टा बाउडिने पनि हुने गर्छ । यो रोग बिषेश गरेर २० देखि ३० बर्षको उमेर समूह या त ४० देखि ५० बर्ष सम्मको उमेर समूहमा देखिन्छ ।
सोरियासिस कत्ले रोग
सोरियासिस पनि एक प्रकारको अटो इम्युनो डिजिज नै हो । यो समस्या धेरै मोटो मानिसमा देखिन्छ । यो धेरैमा हुने समस्या हो । छाला रातो हुने, दाद जस्तो देखिने, सुक्खापन हुने र छालामा कत्ला निस्किने हुन्छ । कत्ला निस्किने भएकाले नै यसलाई नेपालीमा कत्ले रोग पनि भन्ने गरिन्छ । विशेष गरी शरिरको जिनमा गडबढी भएमा यो समस्या हुन्छ । मोटोपन भएका, सुगर र थाइराइड सम्बन्धी समस्या भएकाहरुमा यो समस्या बढी नै देखिन्छ ।
५ सुख्खापन
पर्याप्त मात्रामा पानि नपिउँदा पनि छालामा समस्या देखिन्छ । कम पानि पिउने, धेरैबेर घाममा बस्ने गर्नाले छालामा सुक्खापन ल्याउँछ ।
६ पिग्मेन्टेसन डिस्अर्डर
शरीरमा सेतो दुवी वा पोतो आउनुलाई पिग्मेन्टेसन डिस्अडर भनिन्छ । यस्तो समस्या भएकाहरुमा छालाको रङ्गमा फरक आउँछ । कसैमा कालो दाग बस्छ भने कसैमा सेता धब्बा छालामा देखिन्छ । महिलाहरुमा यो समस्या बढि देखिने गरेको पाइन्छ । कतिपय अवस्थामा कम मात्रामा दुबी र बढि मात्रामा चाया देखिने गर्छ । हार्मोनको कारणले कतिपयमा चाया पोतो आउने गर्छ त कतिपय अवस्थामा महिलाले प्रयोग गर्ने पिल्सको साइड इफेक्टको कारणले पनि चाया, पोतो दुबी जस्ता समस्या देखिन्छ ।
७ क्यान्सर
क्यान्सर छालामा हुने जटिल समस्या हो । यो दुइ किसिमको हुन्छ । बेसल सेल क्यारिनोमा बिसीसी र स्क्वामस सेल क्यारिनोमा एसीसी यी दुवै समस्या घामका कारणले गर्दा हुने गर्छन । अल्ट्राभायोलेट किरणको असरबाट बीसीसी र एससिसी क्यान्सर हुन सक्छ ।
मेलानोमल क्यान्सर
छालामा कालो दाग देखिनु मेलानोमल क्यान्सरको संकेत हो भन्ने बुझ्नुपर्ने हुन्छ । यो क्यान्सर अल्ट्राभायोलेटबाट हुने क्यान्सर भन्दा बढी खतराजनक हुने गर्दछ । यो क्यान्सर शरिरका जुनसुकै अंगमा पनि फैलिन सक्छ । छालामा हुने कोठीको साइज, आकार रङ्ग परिवर्तन भएमा मेलानोमल क्यान्सर हुने सम्भावना बढी हुन्छ । सबै प्रकारका अन्य क्यान्सरका कोषहरु छालामा आएर बस्न सक्ने भएकाले छालामा सबैप्रकारका क्यान्सरको उच्च जोखिम हुने गर्दछ ।
छालाको समस्याबाट बच्ने उपाय
१ मोइस्चराइजिङ्ग क्रिम, लोसन र तेलको प्रयोगले छालालाई सुक्खापनबाट जोगाउन सकिन्छ ।
२ तेल अथवा हातमा क्रिम लगाउनुभन्दा पहिले पानिले हात चिसो बनाएर मात्र प्रयोग गर्ने
३ कडाखालको साबुनको प्रयोग कम गर्ने
४ ऊनीको कपडाको प्रयोग नगर्ने
५ हिटर र एसीको लामो समय सम्म प्रयोग नगर्ने
६ पर्याप्त मात्रामा पानी पिउने
७ पर्याप्त मात्रामा फलफूल, सागसब्जीको प्रयोग गर्ने
८ घाममा निस्किदा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्ने ।