मङ्गलबारे। सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् ।
इलामको रोङ गाउँपालिका–६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बिक्री वितरण गरिरहेकाछन् । गाउँपालिकाको सहयोगमा कैलालीमा गएर तालीम लिएर फर्किएका राईले गाउँमै उत्पादित केराबाट मःमः, समोसा, मिटवल, चिप्स, निम्की, जुस, वाइन, पकौंडा, खीर, अचार, तरकारीलगायत परिकार बजारमा पठाउन थालेकाछन् ।