खबर

जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली

नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ ।

गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबभन्दा कमजोर नतिजा नेपालको देखिएको हो ।

जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४९७ जनाले परीक्षा दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका थिए । सो अतिजाअनुसार सबैभन्दा बढी मंगोलियाबाट ६१ प्रतिशत र नेपालबाट ११ प्रतिशतमात्र उत्तीर्ण भएका थिए ।

तर, स्ट्यान्डर्ड डेभिएसनमा भने नेपाल तेस्रो भएको परीक्षाको व्यवस्थापन गर्दै आएको जापान फाउन्डेसनले जानएको छ ।  कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button