खबर

सिक्टा मूल नहरमा पानी छाडियो

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा पहिलोपटक सिँचाइका लागि पानी छाडिएको छ ।

आयोजनाको मुख्य हेडवक्र्स अगैयाबाट ४५.३ किलोमिटर पश्चिमी मुख्य नहरमा पानी बगाएर पहिलोपटक किसानका तीन हजार हेक्टरभन्दा बढी खेतबारीमा प्रत्यक्ष पानी पुर्याएको सिक्टा सिँचाइ आयोजनाको इन्जिनियर एकराज भट्टराईले जानकारी दिए ।

अगैयाबाट पोरुवा हुँदै जेठानीसम्मको ४५.३ किलोमिटरको मुख्य नहरबाट ३४ हजार हेक्टर खेतबारीमा सिँचाइ गर्ने योजना रहे पनि अहिले हिउँदको सिजन भएकाले कम पानी छोडेर सुरुमा तीन हजार हेक्टरमा सिँचाइ सुविधा प्रदान गरिएको उनले बताए । गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button