ख्रीष्टमसको महत्व र इतिहाँस


होमराज राई

जब डिसेम्बरशुरु हुन्छ तव विश्वभरका मानिसहरू व्यास्त बन्दै जाँदछ । गाउँ बस्ती र शहरहरु झिलिमिली बत्तिहरुको सजिसजावट दृष्यले मनमुग्ध पारिदिन्छ । तर यति गर्दैमा नै ख्रीष्टमस हुने होइन । आज सबैले ख्रीष्टमस भनेको के हो भन्ने कुरा बुझ्न आवश्यकता छ । ख्रीष्टमस किन मनाइन्छ भन्ने कुरा थाहा हुन जरुरी छ ।
बाइबलको यूहन्ना ३ः १६ मा यसरी लेखिएको छ,– “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुुभयो, कि उहाँले आप्mनो एकमात्र पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोहि पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।” ख्रीष्टमसको मूख्य महत्व वा अर्थ भनेको सम्पूर्ण मानव जातिहरुप्रति उहाँको प्रेम र अनन्त जीवन हो । येशूको जन्मदिन मानिसको जन्मदिन जस्तै खाने, पिउने, नयाँ कपडा लगाउने, रमाइलो गर्ने मात्रलाई ख्रीष्टमस भन्न मिल्दैन । ख्रीष्टमस त भित्रि हृदयबाट मनाइने एउटा उत्सव हो । अन्धकारमा भएका मानिसलाई ज्यातिमा ल्याउने र नरकको बाटोमा हिँडिराखेका मानिसलाई स्वर्गको बाटोतर्फ डो¥याउने, अशान्तिमय जीवन जिइराखेकाहरूलाई प्रेम र शान्तिको सन्देश छरेर शान्तिदाता येशू ख्रीष्टसँग मिलाप गराउने माध्यमलाई ख्रीष्टमस भनिन्छ । हामी त्यो दिन उपहार साटासाट पनि गर्छौं त्यो उपहार कसैलाई देखाउनलाई होइन तर त्यो उपहार यस्तो होस कि सारा पापी मानिसहरुको लागि स्वयंम येशू ख्रीष्टले दिनुभएको प्रेमको उपहारलाई बुभ्mन पर्दछ । ख्रीष्टमसको मुख्य प्रतिक हो

ख्रीष्टमसको शुरुवातः
वास्तवमा भन्ने हो भने जुन समय प्रभु येशु इज्रायलको राजधानी येरुसेलमको नजिकै रहेको बेथलेहेम गाउँमा जन्मनुभयो । अनि त्यसै समय देखी नै ख्रीष्टमसको शुरु भएको हो, किन भने उहाँ जन्मनु हुदाँ ज्योतिषिहरु उहाँको सामु गएर उहाँलाई दण्डवत गरेर सुन, सुगन्धित धुप र मुर्रका भेटी चढानुभएको थियो । इज्राएल देशको यरुशलेम शहरको बेथलहेम गाउँमा इसा पूर्व ०४ मा येशूको जन्म भएको थियो । सोही दिनदेखि ख्रीष्टमस शुरुभएको हो । सामान्य अर्थमा ख्रीष्टको जन्मदिनलाई बडा दिन अर्थात ख्रीष्टमस भनिन्छ । ख्रीष्टमसलाई विशेष गरी वडादिन, जन्मदिवस, नयाँ दिन र जन्मोत्सवको दिन भनेर पनि सम्वोधन गरीन्छ । ख्रीष्टमस र नवबर्षो सवभन्दा बहुमूल्य उपहार येशू स्वयम हुनुहुन्छ । स्वर्गदूतहरूबाट शान्तिका गीत गाउँदै ख्रीष्टमस मनाएका थिए ।
हुनत ख्रीष्टमस येशू ख्रीष्टको जन्मदेखि नै शुरु भएता पनि विश्वभर भने विभिन्न समयमा सुरु गरेका थिए । सन् २७४ को डिसेम्बर २५ मा रोमी सम्राट औरेलियनले सूर्य जन्मेको दिन मनाउनु पर्छ भनी घोषणा गरेका थिए । सन् ३२० को डिसेम्बर २५ मा पोप जुलियस प्रथमले ख्रीष्टको जन्मदिन मनाउनुपर्छ भनेर र्सवप्रथम आवाज उठाएका थिए । सन् ३२५ को डिसेम्बर २५ मा रोमी सम्राट कन्स्टन्टाइन्ले ख्रीष्टको जन्म दिन मनाउनुपर्छ भनी आरम्भ गरेका थिए । उनी रोमी सम्राटहरूमा पहिलो ख्रीष्टियन थिए । सन् ३५४ को डिसेम्बर २५ मा रोमको विशप लाइबेरियसले ख्रीष्टको जन्म दिन मनाउनु पर्ने व्यवस्था बनाएका थिए ।

पहिलो ख्रीष्टमस गीत 
चौथो शताब्दीमा सन्त हिलारीले पहिलो ख्रीष्टमस गीतको कम्पोज गरेका थिए । क्यारोलमा गाईने गीतहरू मध्ये विश्वमै सर्वाधिकार गाइने गीत “शान्तमय रात” हो । जुन गीत नेपाली भजनको ३१ नम्बरको गीत हो । यसको रचना सन् १८१८ मा अष्ट्रियन पादरी जोसेफ मोरले गरेका थिए । त्यसपछि विभिन्न शताब्दीका पादरी, क्वाएर लिडरहरूले नयाँ नयाँ गीत लेख्दै, कम्पोज गर्दै क्यारोलको समयमा र ख्रीष्टमसमा गाउँन थालियो । पछिलो समयहरूमा ख्रीष्टमस सम्वन्धि गीतीनाटक, ख्रीष्टमस गीत एल्वम पनि निकाल्न थालियो ।

ख्रीष्टमस रुख को चलन कहाँ र कहिले भयो ?
ख्रीष्टमस रुखको सुरुवात जर्मनी देशबाट भएको हो । मध्यकालमा ख्रीष्टमस रुखमा स्याउ झुण्ड्याएर आदम र हव्वाको नाटक देखाउँथे । सनोवर रुख (ँष्च तचभभ) सधै हरियो हुने भएकाले स्वर्गको रुख ( एबचबमष्कभ तचभभ) पनि भनिन्थ्यो, जुन अदनको बगैचाको चिन्हको रुपमा लिइन्थ्यो । जर्मनीहरूले डिसेम्बर २४ को दिन आदम र हव्वाको चाड स्वरुप आ–आफ्नो घरमा सनोवर रुख सजाउँथे । ख्रीष्टमसको समयमा उनीहरूले काठको तीनकुने पिरामिड आकार बनाइ ख्रीष्टमसका वस्तुहरू जस्तै ताराहरू, चकलेट आदिले सजाउँथे । १६ औ शताब्दीमा ख्रीष्टमसको पिरामिड आकार र सनोवर रुख एकै ठाउँमा मिसाएर ख्रीष्टमस रुख ( ऋजचष्कतmबक तचभभ) बनाइ सजाउने चलन आयो । यो चलन जर्मनीहरूको बीचमा निकै प्रख्यात भयो । १९ औ शताब्दीको शुरुमा क्रिसमस रुख को चलन बेलायतमा पनि फैलियो र साथै अमेरिकामा पनि फैलियो । १९ औ शताब्दीको अन्त्य देखि २० औ शताब्दीको शुरुमा पश्चिमी मिशिनेरीहरूद्धारा चीन र जापानमा पनि ख्रीष्टमस रुखको चलन ल्याइयो र अहिले २१ औ शताब्दीमा आएर नेपालमा भित्री सकेको छ । विश्वमा सबभन्दा बढी क्यानडामा ख्रीष्टमस रुखको कारोबार हुन्छ । हामीले बुभ्mन पर्ने कुरा के हो भने यो सजावटको निम्ति मात्र हुनुपर्छ । यो सबै इसाईहरूले सजाएमात्र ख्रीष्टमस हुन्छ भन्नु चाँहि गलत बिचार हो । त्यसैले सजाउँनै पर्छ भन्ने पनि छैन ।

सान्ता क्लज को हुन र उसको ख्रीष्टमससँग के सम्बन्ध छ ?
सान्ता क्लजको शुरुवात माइरा ( ःथचब ) अहिलेको र्टर्की का विशप सन्त निकोलस ( क्बलत ल्ष्अजयबिक) बाट भएको मानिन्छ । उनी करिब चौथो शताब्दी अथवा सन् (२७० – ३१०) का ४० बर्षा मानिस थिए जो प्रायः रातको समयमा दुःखी र गरिब केटाकेटीहरूलाई उपहारहरू बाँड्न जान्थे भनिन्छ । उनको मृत्यु पछि उनलाई माइरा, टर्कीमा गाडियो । तर सन् १०८७ मा उनको अस्तु इटालीबाट व्यापारीहरूले माइराबाट चोरेर इटालीमा ल्याए, जसले गर्दा उनको ख्याती युरोप भरी फैलियो । युरोपका धेरै क्याथोलिक मण्डलीहरूले उनलाई सन्तको आदर दिई उनकै नाउमा कैयौ मण्डलीहरू स्थापना गरे । यसैक्रममा सन्त निकोलस सम्वन्धि कयौ दन्त्य कथाहरू सिर्जना गरे । सन्त निकोलस जो सबैभन्दा कम १७ बर्षके उमेरमा विशप बनेका थिए । १६ औ शताब्दीको सुधारको समयपछि सबै प्रोटेस्टेन्ट मण्डली भएको देशहरूबाट सन्त निकोलसको कथा हराएर गए पनि होल्याण्डमा भने सिन्टरक्लास (क्ष्लतभचपबिबक) को नाममा कायम नै रहयो । सन्त निकोलसलाई डचहरूले १७ औ शताब्दीमा कथा आफ्नो नयाँ उपनिवेश न्यू आम्र्सर्टडम ल्भध ब्mकतभचमबm अहिलको न्यू योर्क ( ल्भध थ्यचप) मा पनि सँगै लिएर गए। सन् १८७० मा अमेरिकी चित्रकार (कार्टुनिुष्ट) थोमस नाष्टले पहिलो पटक ख्रीष्टमस बाजेको नक्सा उतारेका थिए । ख्रीष्टमस बाजेलाई बेलायतमा फादर ख्रीष्टमस, अमेरिकामा सान्ता क्लज र फ्रान्समा पेरे नोएल भनिन्छ । त्यहाँ सिन्टरक्लास का कथालाई खराब बालकलाई दण्ड र असल बालकलाई उपहार दिने व्यक्तिको दन्त्यकथामा परिणत गरे । परिणाम स्वरुप अमेरिकामा सिन्टरक्लास सान्ता क्लजको नाममा परिणत भई प्रख्यात भयो र अहिले त्यहाँबाट अरु देशहरूतिर फैलिदै नेपालमा समेत आइपुगिसकेको छ । तर येशूको भूमिकालाई चर्चापरिचर्चा गर्न छोडेर ऐतिहासिक रुपले आधिकारिक पुष्टि नभएका सान्ता क्लज वा सन्त निकोलसलाई प्राथमिकता दिनु चाहिँ मुनासिप हुदैन । ख्रीष्टमसमा येशूप्रभुलाई नै बढी प्राथमिकता दिनु र उहाँलाई प्रत्येक मनमा जन्मदिनु चाहिँ बडो आनन्दको सन्देश हो ।

पहिलो ख्रीष्टमस कार्ड 
विश्वमा नै पहिलो पटक ख्रीष्टम किार्डको विक्री वितरण सन् १८४३ सालमा भएको थियो । त्यस समय १००० प्रति कार्डहरू छापिएका थिए । त्यस कार्डको डिजाइन जोन कलकटले गरेका थिए । वास्तवमा उनले कार्डलाई विक्री वितरणमा ल्याउन तीन बर्षअघि अर्थात १८४० मा नै डिजाइन गरिसकेका थिए । तर हाल विश्व बजारमा विभिन्न आकार प्रकारहरूमा कार्डहरू पाइन्छ ।
हामीले मनाइरहेको ख्रीष्टमसले सु–समाचार, धन्यवाद, आशिष, एक आपसमा खुसीयाली साट्ने र रमाईलो गर्ने अनि एक अर्काको लागी प्रार्थना गर्ने, शुभकामना दिने, आपसी भाइचारा, मेलमिलाप, सद्भाव शान्ति, एकताको सन्देश हुन पर्दछ ।