खबर

सुनसरीमा यसरी भयो क्षेत्री र गुरुङको मागी विवाह

चतराः प्रकाशपुर बराहक्षेत्र नगरपालिकामा गाभिएको सामान्य गाउँ हो । स्थानिय समुदाय परम्परागत मान्यता बाट माथी उठ्ने नसकेको अवस्थामा अन्तजातिय बिबाहलाइ हेर्ने दृष्टिकोण उनिहरु विच अलिफरक हुन्छ । प्राय परम्परागत सोच बाट मुक्त हुननसकेका गाउँलेहरुका बहुमत रहने ठाउँमा अन्तरजातिय बिवाह प्राय लुकिछुपि भागि बिवाह मात्रै हुने हुँदै आएको छ .

परिवारको सहमतिमा अन्तरजातिय बिबाह परम्परागत रुपमा बिबाह मण्डव नै बनाएर भएको बिरलै मात्र सुन्न र देख्न पाइन्छ । यस्तो बिवाहको भोज कर्मले अनुभव गरेका होलान । वराहक्षेत्र वडा १० प्रकासपुरका गुरुङ्ग समुदायका तेजबहादुर गुरुङ्ग र वराहक्षेत्र ९ हिडलुवाकी क्षेत्री समुदायकी अस्मिता खड्काका बिच पारिवारिक सहमतिमा नै अन्तरजातिय मागी विवाह भएको छ ।
समाजलाई सकरात्मक परिवर्तन गर्ने अठोट सहित राजनितीमा लागेका मानिसहरु कुरा एउटा गरे पनि काम अर्को गर्छन भन्ने मानिसहरुको सङख्या बढि छन् । तर वराहक्षेत्रमा युवा नेताको परिचय बनाएका तेजबहादुरले परिवर्तन आफुबाट नै सुरु गर्नु पर्ने उदाहरण प्रस्तुत गरेका छन् । धरान स्थित बुहुमखि क्यापसमा नेविसंघको राजनीतिबाट नेपाली कांग्रेसमा प्रवेश गरेका तेजबहादुर हाल नेपाल तरुण दल वराहक्षेत्रका सहसचिब हुन् । तेजबहादुरको अस्मिता खड्का संग प्रेम सम्बन्ध भएको कुरा दुबैले आआफ्नो परिवारलाई बुझाएर प्रेम सम्बन्ध लाई परिवारको सहमतिमा बिबाहको रुप दिएका हुन् । उनिहरु बिच बुधवार हिन्दु परम्पराका आदरमा दिवा लगनमा बिबाह सम्पन भएकोृ हो ।
तेजबहादुर आफ्नै घर प्रकाशपुरबाट बेहुलोको रुपमा दुलहीको घर हिडलुवा जन्ती सहित पुगेका थिए । अस्मिताका परिवार पनि बेहुला पक्षलाई स्वागत गर्न बसेका थिए । यस भन्दा अगाडि गत बर्ष चतराको पुनर्वाबसमा एकै घरका दुई दलित महिलासंग ब्राम्हण र नेबार समुदायका युवकले हिन्दु परम्परा अनुरुप बिबाह संस्कार गरेका थिए । माघ २८ गते सरस्वती पुजाका दिन एकै मण्डवमा दुई जोडिको लगन गाढो उदाहरणीय रुपमा गासिएको हो ।

जातीय छुवाछुत र भेदभावले ग्रमिण नेपाली समाजमा बाहुन र नेवार दुलाहाले दलित युवतीलाई एकै मण्डपमा विहे गर्दै उदाहरण पेश गरे पछि युवाहरुलाई उर्जा र छुवाछुत प्रथाको पक्षमा वकालत गर्नेहरु लाई नौलो उदाहरण बनेको थियो । सामाजिक बन्धनको संस्थाका रुपमा चल्दै आएको बिबाहलाई मोहन शर्मा र संजिप श्रेष्ठले एकै घरको दलित समुदायकि दिदीबहिनीसँग विहे गरेका थिए । शर्माले रञ्जना सँग विहे गर्दा श्रेष्ठले सञ्जनाकी दिदि सृजना बराइलीसँग सामाजिक बन्धनको रुपमा बिबाह गरेका थिए । सञ्चारपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button