बार्सिलोनाविरुद्ध नेयमारको मुद्दा


एजेन्सी – ब्राजिलियन स्टार नेयमारले स्पेनिस क्लब बार्सिलोना छाडेको २ वर्ष बढी भइसकेको छ । तर, पनि नेयमार र बार्सिलोनालाई जोडेर समय समयमा समाचार आउने गरेका छन् । सिजनको सुरुवातमा नेयमार पुनः बार्सिलोना फर्कने चर्चा थियो । अन्ततः त्यो सफल भएन ।

अहिले नेयमारले पुरानो हिसाब चुक्ताका लागि भन्दै बार्सिलोनाविरुद्ध मुद्दा दायर गरेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जानु अघि आफुले सम्झौता अनुसार रकम र बोनस रकम पाउनु पर्ने भन्दै नेयमारले पूर्व क्लबविरुद्ध मद्दा राखेका हुन् । नेयमारले ३५ लाख युरो पाउने पर्ने माग गरेका हुन् ।

उनी पुनः बार्सिलोना फर्कने चर्चाका बीच यो विषय खासै उठेको थिएन । अहिले नेयमारले फेरि पुरानो रकम पाउनुपर्ने दाबी गरेका छन् । उनले त्यो रकम पाउनुपर्ने नपर्ने विषयमा कुनै निर्णय भएको छैन । त्यसबाहेक पनि बार्सिलोनाबाट बोनस बापत अलग्गै १ लाख युरो पाउने पर्ने दाबी गरेका छन् ।

नेयमार पिएसजी गएदेखि नै त्यहाँ सन्तुष्ट नरहेको उल्लेख गर्दै लगातार समाचार आइरहेका छन् । सिजनको सुरुवातमा बार्सिलोनासँगै उनी रियल म्याड्रिड जान सक्ने चर्चा पनि थियो । सबै सम्भावनालाई अन्त्य गर्दै नेयमार पिएसजीमा नै बसेका थिए ।hamrokhelkud