मड्रिडको सहज जित


एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले ओसासुनामाथि २–० को सहज जित निकालेको हो ।

स्टेडियो वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोाराटा र साउद निग्वेजले गोल गरे ।
जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । एट्लेटिकोको १७ खेलबाट २९ अंक जोडेको छ । एट्लेटिकोभन्दा अघि बार्सिलोना (३५), रियल मड्रिड (३४) र सेभिल्ला (३१) रहेका छन् ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६७औं मिनेटमा अल्भेरो मोराटाले किरियल ट्रिपिएरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ७५औं मिनेटमा साउल निग्वेजले इनजल कोरेराको पासमा गोल गर्दै एट्लेटिकोलाई २–० को सहज जित दिलाए ।hamrokhelkud