–होमराज राई
झापा, मेची स्टार गायन भब्य प्रतिस्पर्धामा समिर रसाईलीले उपाधी जितेका छन् ।.
मेची स्टारको आयोजनामा मेचीनगरको फाइभ स्टार होटल स्थित भएको गायन प्रतिस्पर्धामा रचना रिजाल दोस्रो र योगेश शिवाकोटी तेस्रो भएका थिए भने अनजा गिरीलाईसान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
सो प्रतियोगितामा २८जनाले कलाकारले सहभागिता जनाएका थिए ।सहभागि बीचबाट २ जनालाई फाईनल राउण्डमा छनोट गरेको थियो । . पहिलो, दोस्रो र तेस्रो हुनेलाई ट्रफी, मेडल, प्रमाण पत्र, गिटार र नगदद्दारा पुरस्कृत गरिएको थियो ।