सडक नहेरी इजाजत, भारतको लाइसेन्सलाई सिधै मान्यता पनि कारक


चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर ३० गते । सिन्धुपाल्चोकमा असोज यता तीन पटक ठूला सडक दुर्घटना भएका छन । उक्त दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ भने १५४ जना घाइते भएका छन् ।

जिल्ला टार्फिक कार्यालय अंधेरीका प्रमुख एवम प्रहरी नायव निरीक्षक राजेश कुमार दाहालले सिन्धुपाल्चोकमा सडक दुर्घटना हुनुमा सडकको दयनीय अबस्था, चालकको चरम लापरवाही, यान्त्रिक गढबढी, ट्राफिक नियम पालान नगर्ने, तीव्र गति, सडक किनारामा डिभाइडर नहुनु, सडक पेटी नहुनु जस्ता प्रमुख कारण रहेको बताउनुभयो ।
त्यस्तै उहाँले मादक पदार्थ सेवन, क्षमता भन्दा बढी यात्रु बोक्ने, ओभरटेक, पैदल यात्रीले जाथभावी बाटो काट्ने, सडकमा चौपाया छाड्ने, चालकले मोवाइल प्रयोग गर्ने, सडकमा मौसमी अन्नबाली सुकाउने लगायतका कारण रहेको बताउनु भएको छ ।

यातयात ब्यबस्था बिभागले सडकको स्थलगत निरिक्षण र अनुगमन नगरि हचुवाको भरमा ग्रामीण भेगमा चल्ने सवारीसाधानलाई अस्थायी रुट इजाजत दिने प्रवृतिका कारण पनि दुर्घटना बढेको दाहालले बताउनुभयो । भारतबाट लिएका लाइसेन्स नेपालमा ल्याएर कुनै पनि परीक्षा र टायल नलिई नेपालीकरण गर्नुले पनि दुर्घटना बढेको दाहालले जानकारी दिनुभएको छ ।
नेपाली लाईसेन्स दिने प्रक्रियामा सुधार गरे दुर्घटना कम हुने छ, डिभिजन सडकले सडकको अबस्थाको स्थलगत अनुगमन र निरिक्षण भए दुर्घटना कम हुने उहाँले सुझाव दिनु भएको छ ।
सिन्धुपाल्चोकमा प्राय सडकहरु बिना प्राबिधिक जथाभावी खनिएको छ, कुनै पनि सडकका जोखिमयुक्त र संभावित दुर्घटना हुने स्थानमा सचेतनामूलक बोर्डहरु राखे दुर्घटना न्यूनीकरण हुने बताइएको छ । जुनसुकै सवारीसाधानको चेकजाँच यातयात ब्यबस्था बिभागका कर्मचारीले प्रत्यक्ष गरेर सिफरिश दिए पनि दुर्घटना कम हुने जानकारी दिइएको छ ।

पूर्व अरनिको यातयात प्रालिका अध्यक्ष चित्र कुंवरले सडक खाल्टाखुल्टी र चालकको लापरवाहीले दुर्घटना बढेको बताउनुभयो । दुर्घटना हुन नदिन पूराना चालक राखिएको, दुर्घटना हुन नदिन चालकलाई सचेत पार्दै कारवाही गरिएको बताउनुभयो ।
दुर्घटना भएका करिब १५ जना चालकलाई ६ महिना सम्म गाडी चलाउन नपाइने गरि कारवाही गरिएको उहाँले जानकारी दिनुभएको छ । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख धर्मेन्द« झासंग सम्र्पक गर्न निरन्तर प्रयास गर्दा उहाँको फोन बन्द छ । यात्रुहरुले सडकको अबस्था सुधार गर्नुपर्ने, पूराना गाडी हटाएर नयाँ गाडी हाल्नु पर्ने, चालकको लापरवाही रोक्न प्रशासन लाग्नु पर्ने बतएका छन् ।
यात्रु सुनकोशी गाउँपालिका नातीकाजी कार्कीले चालकलाई टार्फिक प्रहरीद्धारा सडकको अबस्था अनुसार तालिम दिनु पर्ने, लोकल बसको ब्यबस्था गरिदिए यात्रुको चाप कम भई दुर्घटना कम हुने र जोखिमयुक्त सडकमा बोर्डहरु राखे दुर्घटना न्यूनिकरण हुने सुझाव दिनुभयो ।
जिल्ला टार्फिक कार्यालय अंधरीले दिएको तथ्याङक अनुसार
मङ्सिर २९ गते मुडेबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका ७ स्वाँरमा दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका थिए् ।
असोज २४ गते बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस सिपाटारबाट काठमाडौं जाँदै गर्दा दुर्घटना हुदाँ ११ जनाको मृत्यु भएको थियो भने ८४ जनाको घाइते भएका थिए ।
कातिक १७ गते दोलखाको शैलुङगेश्वरी बाट राजधानी जाने क्रममा सिन्धुपाल्चोकको सुकुटेमा बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १८ जनाको निधन भएको थियो । ५० जना घाइते भएका थिए । सानाठूला सवारी साधानबाट छिटपुट रुपमा भएका दुर्घटनाबाट पनि जनधनको क्षति भएका छन् ।गोरखापत्र अनलाइन