खबर

पाइपलाइनबाट १७ करोड लिटर डिजेल

तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ । गत भदौ २४ गतेदेखि पाइपलाइनबाट नियमित रुपमा डिजेल आउन थालिसकेको थियो ।

नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार तीन महिना अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ ।

अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले नियमित रुपमा पाइपलाइनबाट तेल आएकाले बजारमा आपूर्ति व्यवस्था सहज भएको बताए ।

पाइपलाइनबाट तीन महिनामा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेलको आयातसँगै ६ करोड रुपैयाँ बचत भएको उनको भनाई छ । यो समाचार आजको कारोबार दैनि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button