कमलप्रसाद मिश्र
म जन्मिदा मेरा हजुरबा उमेरका राजा महेन्द्रको देहवसान भैसकेको थियो । जव अलि अलि थाहा पाउने बेला बालपनमा थिए २०३५—०३६ तिर क ख सिक्ने बेलामा पाकिस्तानी सैनिक शासक जनरल ज्याऊल हकको आदेशमा त्याहाँका प्रजातन्त्रबादी नेता जुल्फÞी कर अली भुटोलाई फाँसी दिएर हत्या गरिएकको बिरोधमा हाम्रो देशमा बिद्यार्थी आन्दोलन सुरूभयो र पंचायतका रक्षक राजा बीरेन्द्रले जनमत संग्रहको घोषणा गरिदिए । राजाको बहुदल की निर्दल ? भन्ने घोषणासंगै भुमिगत बनेका कम्युनिष्ट पार्टीका भातृ संस्था र प्रतिबन्धित नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु नीलो रंगको पक्षमा र भातमारा पंचेहरु तराईको घनाजंगल सखाप पार्ने भारतको असली गुप्तचर (साहित्यकार नरेन्द्र राज प्रसाईको भाषामा है) तत्कालिन प्रधानमन्त्री सुर्य बाहादुर थापाको नेतृत्वमा पहेलो रंगवालाहरु पंचायतलाई जिताउन लागेथे ।
उ बेला म ताप्लेजुङ्ग पहाडको सानो गाउँमा गाई गोरु चराऊने अनी बचेको समयमा श्री भन्जयाङ्ग निमाबिमा अध्ययनरत थिए । स्कूलबाट फर्कदा होस् या पल्लापटी आल गहिरा, ढुङ्गेपानी र आँटी डाँडा तिर बस्तु चराउन जादा नै किन नहोस काग्रेसीहरू बुरुङ्खिमे तामाङ, मणि लामा जसलाई बहुदली माईला भनिन्थ्यो उनी अनी डिबि राई, मादिबुङ्गे बोलक्कड गफाडी टेकबहादुर लिङ्देनहरु हाते माईक बोकेर बहुदलको प्रचार गर्दथे भने तत्कालिन नेकपा मालेको भातृ संस्था अनेरास्वबियु पाँचौका कार्यकर्ताहरु पंचे र कांग्रेसलाई गाली गर्दै यस्तो गीत गाउँथे ।
काँग्रेसी भेडे मन्डले गुन्डा मुर्दाबाद मुर्दाबाद
यो हाम्रो प्यारो अनेरास्वबियु जिन्दावाद जिन्दावाद ।
जव यी गीत सुनिए स्कुलमा पढाउने शिक्षकदेखि गाँउले साथी भाईको कुरा अनी तत्कालिन साब्लाखु गाऊँ पंचायतको माहुल देखेर म लगायत हामी बालकहरु पनि त्यही अखिल तिर लाग्यौ । बाहुनको छोरो नागपंचमीमा नाग टास्दा आएको १ रुपैया तिरेर बनियो अखिलको सदस्य अनी पंचायतको र पंचायतका संस्थापक नेता राजा महेन्द्रलाई गाली गर्ने हामीले त्यतिवेला कांग्रेसलाई पनि राम्रैगरी धारेहात लगाउथ्यौ कुरा चाहिँ राम्ररी बुझेको थिएन । २०३७ को जनमतमा जंगल सकेरै भएपनि सुर्य बाहादुर थापाले पंचायतलाई जिताए तर हाम्रो बिरोध रोकिएन राजा महेन्द्रलाई गरिव मारा तानाशाह आदि उपमा दिई २०४६ को आन्दोलनभरी झापातिर कुदियो अलीकती जेल र यातना पनि भोगियो । यातना र भाषण कला बालक देखिको लगानीको परिणाम एमाले झापाको जिम्मेवार नेता पत्रकार र अखिलको केन्द्रीय नेता पनि भईयो । गरिवले न्याय शोसकलाई कारबाही अनी जनबादी गणतन्त्र नेपालको स्थापना गर्ने अभियान अन्तर्गत एमालेमा लामो समय खर्च गरियो तर कामतिर नेताहरुले सिन्को भाँचेको देखिएन त्यसैले माओत्सेतुङका रेडबुक र रूसको समाजवादी अक्टोवर क्रान्ति बारे पढेको म अल्लारे मोडिए माओवादी तिर । राष्ट्र बन्छ गरिवले न्याय पाउछन् शोसणको उन्मुलन हुन्छ बिदेशी हस्तक्षेपको अन्त्य हुने आसले जनयुध्दलाई समर्थन गर्दा जेल र यातनाले अंगभंग अवस्थामा पुगे । अव अहिले गणतन्त्र पनि आयो चुनावमार्फत् कम्युनिष्टहरु सत्तामा छन् । हिजो काग्रेसी साशन थियो आज कम्युनिष्ट सरकार छ तर खोई त्यतिवेला लगाएका मणि लामाहरुलले र अखिलका राष्टबादी नारा ? खोई गरिवलाई न्याय र रोजगारी ? खोई शोषणको उन्मुलन ? खोई शान्ति र अमनचयन ? खोई समानता ? खोई बैदेशिक हस्तक्षेपको प्रतिवाद ? के काँग्रेस र कम्युनिष्टसँग यी प्रश्नको जवाफ छ ? नत काम गर्छन् न अरूलाई गर्न दिन्छन् सबै नोकरशाहकै छाटमा आ—आफ्नो स्वार्थमा तल्लीन भएको मात्र देखियो । सिद्धान्त त परै जावस सामान्य मानबिय र राष्ट्रप्रतिको दायित्व समेत कम्युनिष्ट काँग्रेसहरूले पुरा गरेको देखिएन ।
यसैले मैले घोत्लिए बिगत संझिए नेपाली राष्ट्रियताको अवस्था हेरेर मलाई ऐले राजा महेन्द्रप्रति उच्च श्रध्दा जागृत भयो । उनी जस्तो सन्तुलित बिदेश नीति अपनाउने, गरिव किसानलाई मोहीयानी हकमार्फत् जमिनको मालिक बनाउने उद्योग धन्दा खोल्ने मुलुकी ऐनमार्फत् असमानता र भेदभाव हटाउने जुन दुरदृष्टि राजा महेन्द्रले राखे यी सवालमा नेपालमा होस पुर्याएर कामगर्ने कुनै नेता देखिएन । चाहिन्थ्यो संक्रमणको यो बेला चीनका माओत्सेतुङ र भारतका पंडित नेहरुजस्ता भिजन भएका नेता तर यहाँका परे सबै अलकत्रे !
त्यसैले छातिमा हात राखेर म भन्छु म राजावादी त होईन तर राजा महेन्द्रको राष्ट्रबादी, परिबर्तनकारी र बिकासबादी कार्यप्रति मेरो उच्चसम्मान छ घर कस्को पोत्नेको ! जमिन कस्को जोत्ने को !! भन्ने नारालाई कार्यन्वयन गर्ने राजा महेन्द्र जत्तिको काम १२ बर्ष जनयुध्द लडेर १७ हजार नेपालीलाई बलिवेदीमा होमिन लगाउने माओवादी, झापामा जमिन्दार सफाया गरेर हुर्किएको एमाले अनी राजा बिरुद्ध बम प्रहार गरी देशमा प्रजातन्त्र ल्याउन लामो संघर्ष गरेको पार्टी नेपाली काँग्रेसले गर्नेआटै गरेनन् । तर महेन् ले गरेरै देखाईदिए नि होइन र ? यसरी हेर्दा राजा महेन्द्र वास्तबमा युगान्तकारी राजनेता रहेछन् पछि भ्रस्ट पंचे र मन्डलेहरूले देश बिगारे यो अर्कै पाटो हो तर राजा महेन्द्रले अरू १० बर्ष बाँचेर साशन गर्न पाएको भए नेपाल र नेपालीको अबस्था अर्कै हुने रहेछ । त्यसैले बिगतमा गरिएको बिरोधको पश्चाताप गर्दै हजुरवा सरहका राजा महेन्द्रसँग मत माफि चाहान्छु मलाई माफी गर हजुरवा महेन्द्र । तिम्रो क्रान्तिकारी कदम सदैव अमर रहने छ । तिम्रो राष्ट्रबादी सोचलाई नेपाली जनताले युगयुगसम्म संझिनेछन् ।
अन्त्यमा गाउमा महेन्द्र राजाको संझनामा किसानले गाएको यो गीत छोड्दै बिदा चाहान्छु ।
फुल जति नेपाली जनतालाई “
माला जति महेन्द्र राजालाई ।
अस्तु
0 19 3 minutes read