एजेन्सी – ब्राजिलियन च्याम्पियन फ्लामेङ्गो क्लब विश्वकपको फाइन्लमा प्रवेश गरको छ । कोपा लिवर्टाडोरेस च्याम्पियन फ्लामेङ्गोले एसियन च्याम्पियन साउदी अरवको अल हिलाललाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।
कतार दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा मंगलबार राति भएको खेलमा फ्लामेङ्गोले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । १८औं मिनेटमा अल दासारीको गोलबाट अल हिलालले फ्लामेङ्गोविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । एक गोलले पछि परेको फ्लामेङ्गोले दोस्रो हाफमा पूनरागमन गर्न सफल भयो ।
जर्जियन डि एरासकेइटाले ४९औं मिनेटमा बराबरी गोल फर्काए । ७८औं मिनेटमा ब्रुनो हेनरिकले गोल गर्दै फ्लामेङ्गोलाई खेलमा २–१ ले अघि बढायो । ८२औं मिनेटमा अल बुलाहीले आत्मघाती गोल गरेपछि फ्लामेङ्गोको ३–१ को जित सुनिश्चित बन्यो ।
लगत्तै अल हिलाल १० खेलाडीमा समेटिन पुगेको थियो । एन्ड्रे क्यारिल्लो रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । अब फ्लामेङ्गोले उपाधिका लागि युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल र मेक्सिकोको मोन्टेरीको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।hamrokhelkud