कविता
शुभद्रा भट्टराई
हर्षविभोर भएर
रमाउने गर्छ मान्छे
दङ्ग परेर
सजाउँछ कयौ सपनाहरू
ठान्छ बुढेसकालको साहारा
मख्ख पर्छ र पुलकित हुन्छ
सन्तान जन्मिए पछि
कुल्चन दिदैनन् कहिल्यै
पाईलाले हिलोमा
बिझ्ला कलिला पाउमा कॉडो भनेर
बोकी हिड्छ काधमा
अभावको आभास हुन
दिदैन कहिल्यै
लाटो खोरून्डो जस्तो भए पनि
अति पृय हुन्छ
आफ्नै सन्तान
बिरामी हुदा
चसक्क चस्कन्छ
छातीको देब्रे पाटो
अनेकौ विपत्तिसँग
हार मान्दैन मान्छेले
हार्ने त केवल आफ्नै
सन्तानसँग न हो
फेसबुकबाट साभार