कृषि र किसान

वर्षे मकैं बाली कसरी लगाउन सकिन्छ ? (प्रविधि सहित)

खेती बीउ छनौटको अवस्था
बीउको छनौट : राम्रो उमार शक्ति भएको उन्नत बीउ किन्ने ।
बिउको उपचार : १ किलो बीउमा २–३ ग्राम सिरेसान वा बेभिष्टिनद्वारा उपचार गर्ने ।

मूख्य जातको छनौट (जातीय छनौट)
उच्च पहाड – गणेश – १ र गणेश –२
मध्य पहाड – खुमल पहेंलो, मनकामना – ३, देउती, शितला, मनकामना – ४, मनकामना – ५, मनकामना – ६
तराई र भित्री मधेश – अरुण–२, रामपर–२, मनकामना – ५, ु मनकामना – ६, गौरब हाईब्रिड मकै, रामपुर हाईब्रिड– २, खुमल हाईब्रिड – २ ।
जग्गा तयारी अवस्था
जग्गाको तयारी : गहिरोसँग जोत्ने र १–२ पटक काठे हलोले जोती माटो बुरबुराउदो पार्ने ।
मलखाद : डि.ए.पि. =४.३ के.जी., यूरिया =२.७५ के.जी., म्यूरेट अफ पोटास =२.२ के.जी. प्रति कठ्ठा मकै रोप्ने समयमा बेसल डोजको रुपमा प्रयोग गर्ने ।


बीउ छर्ने तरीका
क) २०–२४ के.जी. बीउ प्रति हेक्टरका दरले लाईनमा लगाउने ।
ख) हलोको सियो पछाडी लगाउँदा ३५ के.जी. बीउ प्रति हेक्टर (१ हेक्टर= ३० कठ्ठा) छर्ने ।
ग) छरुवा गर्दा ४०–५० किलो बीउ प्रयोग गर्ने ।
संचाई र व्यवस्थापन : पानी नजम्ने तरिकाले सिंचाइ व्यवस्था गर्ने ।
रोपाइँ गर्ने अबस्था
रोेपाइँ गर्ने तरीका
क) लाईनमा लगाउदा ७५से.मी. दुरीमा लगाउने र ५ से.मी गहिराईमा बीउ रोप्ने ।
ख) हलोको सियोको पछाडी मकैको बीउ खसाउने ।
ग) छरुवा खेती प्रविधि ।
रोपाइँको दुरी ७५ से.मी. ह २५ से.मी. (पंतिबद्ध बीउ रोप्ने) ।
झारपात नियन्त्रण
क) पहिलो गोडाई उम्रिएको २०–२५ दिनभित्र ।
ख) दोस्रो गोडाई पहिलो गोडाईको २–३ हप्तापछि

जमरा आउने अवस्था
मलखादको स्मात्रा ६० के.जी. नाईट्रोजन टप ड्रेसिङ्गमा प्रयोग गर्ने ।
टप ड्रेसिङ्ग गर्ने समय : २ के.जी. यूरिया प्रति कठ्ठा पहिलो गोडमेल पछि र अर्को २ के.जी यूरिया प्रतिकठ्ठा दोस्रो गोडमेल पछि प्रयोग गर्ने ।
पानीको व्यवस्थापन : माटोमा चिस्यानको अवस्था अनुसार पानीको व्यवस्थापन गर्ने ।
कटनासक विषादीको प्रयोग : किराहरु देखिए मात्र प्रयोग गर्ने । झोल विषादीको रुपमा सुपर .डी (क्लोरोपाइरीफोस र साइपरमेथ्रिन) २ एम.एल. प्रति लिटरका दरले प्रयोग गर्ने ।
पाक्ने अबस्था
बीउको लागि छनौट तरीका : स्वस्थ, गुणस्तरीय एवम् पोटिलो बीउ छान्ने ।
रगीङ्ग गर्ने तरीका : बेजात, रोगी बोटहरु हटाउने ।
पानीको निकास : कुलोको व्यवस्था गर्ने, खास गरी पूmल्ने फल्ने र दाना लाग्ने अवस्थामा पानीको निकास अत्यावश्यक पर्छ ।
अन्य व्यवस्थापन : बाली चक्र एवम् मिश्रीत खेती प्रविधिलाई जोड र प्राथमिक्ता दिने ।
काट्ने र थन्काउने अवस्था : मकै भाँच्ने अबस्था : ६० दिनदेखि २१५ दिनसम्म ।
क) घोगा फुस्रो हुने ।
ख) घोगाको जुङ्गा कालो हुने ।
ग) मकैको दाना र खोया जोडिने ठाँउमा कालो देखिने ।
मकै भाँच्ने तरीका : पाकेपछि हसियाले काट्ने वा हातले भाँच्ने ।
थन्काउने अवस्था : मकै भण्डारण गर्दा चिस्यानको मात्रा १२% भन्दा बढी भएमा कुहिने भएकोले राम्ररी सुकाई भण्डारण गर्नुपर्छ ।

उन्नत मकै खेती
मकै खेती गर्न जग्गा राम्ररी जोती बुरबुराउँदो बनाउनु पर्छ । दोमट माटो, प्रागँरिक पदार्थ प्रशस्त भएको र पि. एच ७.५–८.५ सम्म भएको माटो उपयूतm हुन्छ । पानीको राम्रो निकास हुनु जरुरी छ ।
मलखादको प्रयोग
प्राङ्गरीक मल १०–१५ मेट्रिक टन प्रति हेक्टर तथा रसायनिक मल १२०ः६०ः ४० नाइट्रोजन फोसफोरस र पोटास के.जी. प्रति हेक्टर प्रयोग गर्दा उत्पादन राम्रो हुन्छ । सिफारीस मात्राको आधा भाग नाइट्रोजन, पुरा भाग फोसफोरस र पोटास जग्गा तयारीको बेला हाल्नुपर्छ । बाँकि आधा भाग नाइट्रोजन मल दुई पटक टप ड्रेस गर्नुपर्छ । पहिलो टप ड्रेस करिब घुँडासम्मको अग्लो अवस्थामा तथा दोस्रो जुँगा वा चमरा निस्कने बेलामा हाल्नुपर्छ ।

रोप्ने तरीका
लाईनदेखि लाईन ७५ से.मी तथा बोटदेखि बोट २५ से.मी. कायम राख्नु पर्दछ । यसरी रोप्दा बोटको संख्या कम्तीमा करीब ६६००० बोट प्रति हेक्टर कायम गर्नुपर्छ ।
मकै लगाउने समय
मकै हिउँद बर्षा तथा बसन्त मौसममा लगाउन सकिन्छ । हिउँदे मकै भदौ, असोजमा र बसन्ते मकै फाल्गुन, चैत्रमा तथा बर्षे मकै बैशाख महिनामा तराई तथा भित्री मधेशमा लगाउन उपयुक्त हुन्छ । उच्च पहाडमा फाल्गुन, चैत्रतिर र मध्य पहाडमा बैशाख जेष्ठतिर मकै लगाउन सकिन्छ ।
गोड्मेल
पहिलो गोडाई रोपेको ३० दिनभित्र र दोस्रो गोडाई ५० दिनभित्र गरी माटोको उप्केरा लगाँउदा राम्रो हुन्छ ।

सिंचाई व्यवस्थापन

वर्षे मकैलाई खासै सिंचाई दिनु पर्दैन । हिउँदे मकै तथा बसन्ते मकैलाई दुईचोटि सिंचाई दिदाँ राम्रो हुन्छ । गोड्मेल गरेर त्यसपछि सिंचाई गर्दा राम्रो हुन्छ । मकैमा पानी जम्न दिनु हुँदैन ।

रोग र किरा व्यवस्थापन
मकैमा ग्वारो किराको प्रकोप बढि भएकोले फयूराडन ८–१० के.जी. प्रति हेक्टर (३–४ दाना प्रति बोट गुबोमा हाल्ने) । यो बिषादिको प्रयोगपछि करीब ३० दिनसम्म मकैको कुनै भाग गाई वस्तु वा मानिसले प्रयोग गर्नु हुदैन । पात डढुवा रोग लागेमा ढुसिनासक औषधि प्रयोग गर्न सकिन्छ ।
मकै भाँच्ने
मकैको घोंगा फुस्रो भएमा र घोंगाको जुगां कालो भएमा मकै पाकेको थाहा पाउनु पर्छ । मकै भाँच्ने बेलामा घोगाहरुको खोस्टा राम्ररी सुकेर खैरो रंगमा परिणत भएपछि दानाहरुमा चिस्यानको मात्रा २०–२२ प्रतिशतसम्म हुँदा भाँच्न सकिन्छ ।
सुकाउने र थन्काउने
मकै भाँचेपछि घोगाहरु नङ्गयाउने, राम्ररी सुकाउने, छोडाउने र पछि फेरी दानालाई ५–६ घाममा सुकाएर १०–१२ प्रतिशतसम्म चिस्यान राखी भण्डारण गर्न उपयुक्त हुन्छ ।
स्रोत : कृषि व्यवस्थापन सूचना प्रणाली,हलोखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button