मेचीनगर । झापाको काँकरभिट्टामा रहेको मेची दिब्यज्योती आँखा अस्पतालले संचालन गरेको ‘ संसार हेर्ने मेरो रहर ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएकोछ । अस्पतालका अनुसार करिब ६ महिना सम्म संचालनमा आएको उक्त कार्यक्रममा सयौँ आँखाका विभिन्न रोगीहरुको उपचार भएको जनाएको छ। अस्पतालले दिएको जानकारी अनुसार उक्त कार्यक्रमका माध्यामबाट आँखाका सामान्य समस्यादेखि शल्यक्रिया सम्मको सेवाग्राहीहरुले सुविधा लिएको बुझिएको छ ।
सो कार्यक्रम अनुसार मेची दिब्यजोती आँखा अस्पतालले नेपाली नागरिकहरुलाई नि शुल्क नेत्र परिक्षण तथा आर्थीक अवस्था अत्यन्त निम्न भएकाहरुलाई अन्य उपचार समेत निशुल्क गरेको जनाएको छ । बिशेष गरेर शिविरमार्फत सेवा पु¥यार्ईएको सो कार्यक्रम नेपालको झापा र ईलाम जिल्लाका बिभिन्न स्थानमा र भारतको पश्चिम बंगालका बिभिन्न क्षेत्रमा नेत्र शिविर संचालन गरेको अस्पतालले जनाएको छ ।
चौतारी पोष्ट अनलाइनलाई अस्पतालले दिएको जानकारी अनुसार उक्त कार्यक्रम नकलबन्दा, धाईजन, बाँसबारी, मागुरमाडी, ईटाभट्टा, बर्ने, सुरुङ्गा, फिकल, कृष्णथुम्की र भारतको कर्साङ्ग, बिजनबारी, मादरीहाट, पानीघट्टा र असामको गोरेश्वर लगायतका स्थानमा संचालन गरिएको थियो । करिब ६ महिना सम्म संचालनमा ल्याएको सो सेवाबाट उल्लेख्य रुपमा अपरेसन लगायत आँखामा लाग्ने अन्य रोगको उपचार गरिएको अस्पतालले जनाएको छ ।