कला

११ वर्षपछि पर्दामा फर्किँदै सैफ र रानी

एजेन्सी, मुम्बई,

बलिउड अभिनेत्री रानी मुखर्जी र अभिनेता सैफ अली खानले एकपटक फेरि सिल्भर स्क्रिनमा धूम मच्चाउने भएका छन् । चाँडै उनीहरु फिल्म ‘बन्टी और बब्ली २’ मा देखिँदैछन् । यो फिल्मको यश राज फिल्म्सले बिहीबार औपचारिक घोषणा गरेको छ । यो फिल्मबाट सैफ र रानी ११ वर्षपछि पर्दामा फर्किँदैछन् । सैफभन्दा पहिला यो फिल्म अभिषेक बच्चनलाई अप्रोच गरिएको थियो ।

तर, उनले अर्को फिल्मलाई समय दिइसकेका कारण काम गर्न सकेनन् । उनले नभ्याएपछि फिल्ममा रानीसँग सैफको जोडी बाँधिएको हो । यी दुईले साथमा ‘हम तुम’, ‘ता रा रम पम’ र ‘थोडी प्यार थोडा म्याजिक’ जस्ता हिट फिल्ममा काम गरिसकेका छन् । यो अनस्क्रिन जोडीको निकै जबरजस्त फ्यान फलोइंग छ । ‘बन्टी और बब्ली २’ मा सिद्धान्त चतुर्वेदी र शरवरी पनि छन् ।

यो फिल्म रानी मुखर्जी र अभिषेक बच्चनको फिल्म ‘बन्टी और बब्ली’ को सिक्वेल हो । फिल्ममा अनुबन्ध भएपछि सैफले भने, ‘आजको टाइममा सेट छ ‘बन्टी और बब्ली २’ । यो एक भिन्न तरिकाको सिक्वेल हो । मलाई यसको सानदार स्क्रिप्टले प्रभावित गरेको थियो । यो पूरै परिवारसँग एकसाथ बसेर इन्जोय गर्ने एक मनोरञ्जक फिल्म हो । यही कारण म फिल्ममा जोडिएको हुँ ।’

अभिनेत्री रानीले पनि फिल्मबारे भनेकी छन्, ‘दर्शकले ‘बन्टी और बब्ली’ लाई निकै मन पराउनु भएको थियो । यही कारण यशराज फिल्मस्ले यसको सिक्वेल बनाउने निर्णय लिएको हो । यसको सिक्वेलमा पनि आफ्नो भूमिका निभाउन अभिषेक र मलाई सम्पर्क गरिएको थियो । तर, दुर्भाग्य ! अभिषेकसँग सहकार्य हुन सकेन । फिल्मको एक टिमको रुपमा म सैफलाई स्वागत गर्छु ।’flimykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button