प्रधानसेनापति थापा पुस २८ गते बंगलादेश भ्रमणमा जाने


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा पुस अन्तिम साता बंगलादेश भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति थापा पुस २८ गते चार दिनका लागि बंगलादेशको औपचारिक भ्रमणमा जाने नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापतिको भ्रमणको तयारी भइरहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डले जानकारी दिए । उनले भ्रमणतालिका तयार भइनसकेको जानकारी दिए ।

थापाको भ्रमण टोलीमा जंगीअड्डाका एक/एक जना उपरथी र सहायक रथी र निजी सुरक्षा अधिकृत (एडीसी) सहभागी हुनेछन् ।

बंगलादेशका प्रधानसेनापति अहमद थापाको भ्रमणपछि नेपाल आउनेछन् । भ्रमणले दुई देश बीचको सैन्य सम्बन्धलाई सुमधुर बनाउनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धनलाई सुमधुर बनाउने विश्वास लिइएको सेनाले जनाएको छ ।काठमाडौँपाटी