दमक/सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । जनताको जिउधनको रक्षा गर्नुपर्ने जिम्मेवारी लिएको नेपाल प्रहरी आगो बाल्न व्यस्त छ भन्दा ।
तर झापासहित प्रदेश १ का विभिन्न जिल्लामा आजदेखि प्रहरी ठाउँ ठाउँमा आगो बाल्न व्यस्त छ ।
पूर्वमा चिसो बढेर जनजिवन प्रभावित भएसंगै प्रहरीले स्थानीय सरकार र समुदायसंगको सहकार्यमा ठाउँ ठाउँमा आगो बालेर सामुहिक रुपमा आगो ताप्ने प्रवन्ध मिलाएको हो ।
समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले १ नम्बर प्रदेशका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था मिलाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चिसोका कारण कठ्याग्रिंएका नागरिकहरुलाई न्यानो अनुभुती गराउन १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले सबै प्रहरी कार्यालयहरुलाई स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने ब्यबस्था मिलाउन निर्देशननै दिएपछि मातहतका जिल्लाका प्रहरी इकाईहरुले त्यस्तो व्यवस्था मिलाएका हन् ।
सो निर्देशन लगत्तै आज शुक्रबार मात्र तराईका झापा, मोरङ र सुनसरी जिल्लाका ३ सय भन्दा बढी ठाउँमा आगो बालेर ताप्ने ब्यबस्था मिलाईएको प्रहरीले जनाएको छ । ति स्थानहरुमा काठका मुढा तथा दाउराहरु बालिएको छ ।niskarshanews