सुजनाको स्मृतिमा अक्षयकोष र शिविर


दमक/झापाको शिवसताक्षी ८ स्थित भगवती आधारभुत बिद्यालयमा सुजना शेर्मा स्मृति अक्षयकोष स्थापना गरिएको छ । सवारी दुर्घटनामा गतवर्ष ज्यान गुमाएकी झापा शिवसताक्षीकी सुजना शेर्माको परिवारले शुक्रबार सो कोषको स्थापनासंगै उनको स्मृतिमा सेवामुलक कार्यक्रमहरु गरेको हो । शेर्मा परिवारले विद्यालयमा रु २ लाख रुपैयाको सुुजना शेर्मा स्मृति अक्षय कोषको स्थापना गरिदिएको हो ।

सो अवसरमा शेर्मा परिवारले निशुल्क स्वास्थ्य शिविरका साथै रक्तदान कार्यक्रम समेत आयोजना गरिएको छ । स्वास्थ्य शिविरमा स्थानीयहरुले निशुल्क आँखा तथा दाँतको परीक्षण गराएका थिए । बहिनीको अधुरो इच्छालाई पूरा गराउन कोषको स्थापनाकासाथै स्वास्थ्य शिविरको आयोजना गरिएको दाजु मिलन शेर्माले बताए । सो कार्यक्रममा ६५ पिन्ट रगत संकलन हुनको साथै १ सय ९० जनाले आँखाको जाँच र १ सय ११ जनाले दन्त परिक्षण गराएका थिए ।

आँखा परिक्षण गराएका मध्ये १३ जनाको मोतिया बिन्दु भेटिएको थियो । शिविरमा दमकको आमा डेण्टल र काँकड्भिट्टास्थित मेची नेत्रालयको प्राविधिक सहयोग रहेको थियो । स्वास्थ्यकर्मी समेत रहेकी स्वर्गीय शेर्माको गत चैत्र ११ गते २१ बर्षको उमेरमा सडक दुर्घटनामा परि निधन भएको थियो ।niskarshanews