ख्रीष्टियन समुदायलाई विभेद गरेमा मुलुक समृद्ध नहुने : सांसद पम्फा भुसाल


निरोज तोलाङे,ललितपुर नेपाल कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ तथा ललितपुर क्षेत्र न. ३ की प्रतिनिधि सभा सांसद माननीय पम्फा भुसालले अल्पसंख्यक ख्रीष्टियन समुदायलाई विभेद गरेमा मुलुक समृद्ध नहुने बताएकी छिन् ।
नमूना ख्रीष्टियन समुदायको आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रमको उद्धघाटन सहित ख्रीष्टमस तथा नयाँवर्ष २०२० को शुभकामना मन्तव्य दिँदै उनले देशमा गणतन्त्र ल्याउन र देशको विकासमा नेपाली ख्रीष्टियन समुदायको योगदान प्रशंसनिय रहेको उनको भनाई थियो ।

शुभकामना मन्तव्य दिँदै नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौँडेलले नेपाली ख्रीष्टियन समुदाय असत्यका विरुद्धमा प्रार्थनाको आन्दोलन गर्ने प्रार्थनाको योद्धाहरु भएको बताउनु भएको छ ।
कार्यक्रममा प्रदेश सभा सांसद माननीय जीवन खड्का, माननीय निरुकुमारी कुँवर, ललितपुर महानगरपालिका, बाग्मती गाउँपालिकाका वडाध्यक्षहरु, ख्रीष्टियन महागुठीका प्रतिनिधि, समाजिक अभियन्ता तथा बुद्धिजीविहरु र ललितपुरका विभिन्न मण्डलीका पास्टर तथा अगुवा त्य्फ़ चर्च सदस्यहरुको उपस्थिती रहको थयो । कार्यक्रमको अध्यक्षता समुदायका अध्यक्ष रेभ. शामूएल सोदेम्बाले गर्नुभएको थियो भने पास्टर पदम पराजुली र पास्टर किरण दासले संयुक्त सञ्चालन गर्नुभएको थियो ।