खबरमूल खबर

समाधिस्थलको लागि पहल गर्छु : मेयर रमेश महर्जन

काठमाडौं । किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले ख्रीष्टियन समुदायमा अति नै संवेदनशिल विषय अन्त्यष्टि संस्कारको निम्ति नगरपालिका भित्र नै समाधिस्थलको व्यवस्था गर्न छलफल तथा पहल भईरहको बताउनुभएको छ ।
किर्तिपुर नगरपालिकाभित्र रहेका विभिन्न चर्चहरू मिलेर बनेको किर्तिपुर चर्चेज फेलोसिपको आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रमको उद्धघाटन गर्दै उनले नगरपालिकाले किर्तिपुर चर्चेज फेलोसिपसँग सामाजिक सेवाकार्यमा सहकार्य गर्ने, थोरै भएपनि आर्थिक सहायता उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

विभिन्न चर्चका पास्टर तथा अगुवाहरु, एक हजार भन्दा बढी चर्चका सदस्य तथा आमन्त्रित पाहुनाको सहभागिता रहेको सो कार्यक्रममा त्रिविविका पूर्व उपकुलपति प्रा.डा. हिरा बहादुर महर्जन, उपमेयर सरस्वती खड्का, काठमाडौं महानगरीय प्रहरी वृत किर्तिपुरका प्रहरी नायव उपरिक्षक छेदीलाल कामती, दक्षिण भेगीय प्याब्सन अध्यक्ष श्री कृष्णमान डंगोल लगायतकाहरूले ख्रीष्टमस तथा नयाँ वर्ष २०२०को शुभकामना सन्देश दिनुभएको थियो ।
नगरपालिका भित्र रहेका विभिन्न मण्डलीहरुले विभिन्न गीत, सांस्कृतिक नृत्य लगायतका प्रस्तुतिहरू दिइएको थियो । कार्यक्रमको संचालन पास्टर रुप नारायण तिमसिनाले सञ्चालन गर्नुभएको थियो भने अन्त्यमा धन्यवाद मन्तब्य पास्टर लोकेन्द्र मल्लले राख्नुभएको थियो ।
इसाईहरुले पुस १० गते अर्थात डिसेम्बर २५ का दिन जगतका उद्धारकर्ता प्रभु येशू ख्रीष्टको जन्मोत्सवमा संसार विभिन्न कार्यक्रमहरु गरी मनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button