कला

वितरक र हलवालामाथि खनिए दीपक र रोहित

फिल्मीखबर, काठमाण्डौ,
विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने नेपालका हल सञ्चालकको पुरानो रोग हो । नेपाली फिल्ममा दर्शकको उपस्थिति राम्रो हुँदा पनि मल्टीप्लेक्सहरुले सोज बढाउन आवश्यक ठान्दैनन् । तर, विदेशी फिल्मलाई भने आवश्यकभन्दा पनि बढी सोज दिइन्छ । एकै मितिमा ठूलो विदेशी फिल्म प्रदर्शन हुँदा त झन् नेपाली फिल्मले एक सोज पाउन पनि गाह्रो हुन्छ ।

हल सञ्चालकले नेपाली फिल्मलाई गर्ने विभेदको विरुद्धमा बेला बखतमा आवाज उठेता पनि समस्या जस्ताको त्यस्तै छ । निर्माताको गुनासो हल सञ्चालकले सुने पनि नसुनेझैं गरिरहेका छन् । विदेशी फिल्मसँग एकसाथ प्रदर्शनमा आउँदा हल नपाउने डरले नेपाली निर्माताले फिल्म नै रिलिज गर्दैनन् । यो हप्ता नेपाली हल नेपाली फिल्मविहीन हुनुले पनि यसलाई थप छर्लङ्ग हुन्छ ।

 

शुक्रबारबाट सलमान खानको फिल्म ‘दबंग ३’ प्रदर्शनमा आएको छ । फिल्मलाई प्रदर्शनको पहिलो र दोस्रो दिन नेपालका अधिकांश मल्टीप्लेक्सले सर्वाधिक सोज दिए । नेपालको सबैभन्दा ठूलो क्यूफएक्स चेनले फिल्मलाई पहिलो दिन ८८ सोज उपलब्ध गरायो, जुन यसअघि कुनै नेपाली र विदेशी फिल्मले पाएको थियो । तर, फिल्मले भने हलमा दर्शक तान्न सकेको छैन ।

‘दबंग ३’ ले पाएको सोजप्रति ‘छ माया छपक्कै’ का निर्माता द्वय रोहित अधिकारी र दीपकराज गिरीले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली फिल्मलाई हलवालाले सौतेनी व्यबहार गर्ने भन्दै रोहित फेसबुकमा लेख्छन्, ‘यो ‘दबंग’ भन्दा ४/५ गुणा बढी हाम्रो नेपाली फिल्म ‘छक्का पन्जा’ सिरिजहरु चलेका थिए तर सोज चाहिँ ४/५ गुणा कम थियो । नेपाली फिल्म भएर कम दिइएको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button