खेलकुद

एन्सेलोटी एभर्टनको प्रशिक्षक

एजेन्सी – इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीलाई इंग्लिस क्लब एभर्टनले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एभर्टनले बिहीबार तीन पटकको च्याम्पियन्स लिग विजेता ६० वर्षे एन्सेलोटीलाई साँढे ४ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

मार्को सिल्भा बर्खास्तीपछि एभर्टनले अन्तरिम प्रशिक्षक डनक्यान फर्गुसनको नेतृत्वमा खेलिरहेको थियो । एभर्टन नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । इटालियन क्लब नेपोलीलाई च्याम्पियन्स लिगको नकआउट चरणमा पुर्‍याएपनि एन्सेलोटी दुई साताअघि बर्खास्तीमा परेका थिए।

त्यसपछि एभर्टनले एन्सोलोटीलाई नै प्राथमिकतामा राखेका थिए । एन्सेलोटीको प्रशिक्षणमा एभर्टनले बिहीबार राति बर्नलीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । एन्सेलोटी क्लबको मुख्य प्रशिक्षक बनेसँगै ज्लाटन इभ्राहिमोभिच र एन्सेलोटीबीच गुडिसनपार्कमा पुर्नमिलन हुन सक्ने आँकलन गरिएको छ ।

३८ वर्षे भेट्रान स्वीस फरवार्ड ज्लाटनले नोभेम्वरमा एमएलएस क्लब एलए ग्यालेक्सी छाडेयता क्लबविहीन छन् । एन्सेलोटी र इभ्राहिमोभिच २०१३ मा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सँगै रहेका थिए ।hamrokhelkud

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button