सम्पादकीय

हाम्रो पनि शुभकामना !

धर्मशास्त्र बाइबलका अनुसार परमेश्वरका पुत्र परमेश्वर येशू मानव जातीको पापको मुक्तिका निम्तिय यो जगतमा मानवरुपी शरीर लिएर आउने क्रममा येशू परमेश्वरको जन्म पवित्र कन्या मरियमबाट भएको थियो भन्ने लेखिएको छ । येशू परमेश्वरको जन्मको समय जाडो यामलाई इंगित गरिएर शास्त्रमा उल्लेख भए अनुसार इसाई बिश्वासीहरुले डिसेम्बर २५ अर्थात पौष ९ गतेका दिनलाई येशू खी्रष्टको जन्म दिनका रुपमा हर्षोल्लासका साथ बिश्वभरि मनाईदै आएको पाईन्छ ।


धर्मशास्त्र बाइबलमा लेखिए अनुसार शत्रुलाई समेत प्रेम गर्न सिकाउने येशू खी्रष्ट स्वयम्मा शान्ति, नम्रता, दया, करुणाका सागर भएको ईश्वरशास्त्रीहरुको समेत कथन रहेको पाईन्छ । खी्रष्टमसका रुपमा पौराणीक कालदेखि मनाउदै आएका इसाई बिश्वासीहरुको यो उल्लासमय पर्व आज अन्य धर्मावालम्बीहरुले समेत खी्रष्टमसमा आफ्नो सहभागिता जनाएर एक अर्काप्रति भाईचारको सम्बन्धलाई कसिलो बनाउँदै लगेको पाईन्छ । जुनसुकै धर्म वा सम्प्रदायको समुदाय भए पनि एक अर्काप्रति सम्मान र सद्भाव प्रकट गर्नु नेपालीको पृथक पहिचान समेत रहदै आएको छ । मानव कल्याण र जगतको हितका निम्ति धर्म वा बिश्वासको पवित्र उद्देश्यलाई आत्मसात गरेर अघि बढ्ने हो भने बिश्वमा बढ्दो हतियार र शक्तिको होडलाई समेत हामीले सामान्य बनाउन सक्छौँ । शान्ति , भाईचार र आपसी सदभाव अनि पुण्यकर्मबाटनै मोक्षको मार्ग खुल्छ भन्ने आम धार्मीक धारणालाई मनन गरेर हाम्रा मनमा प्रेम, करुणा र दयाको बृक्षलाई हुर्काउन आज हामी समस्त मामनवजातीको पहिलो मानव हुनुको उद्देश्य पनि हो ।
प्रेम, दया, करुणा र नम्रताका पूञ्ज येशू परमेश्वरको जन्म दिनको रुपमा इसाई बिश्वासीहरुको महान पवित्र पर्व खी्रष्टमसको पावन अवसरमा चौतारी पोष्ट अनलाइन डट कम परिवार समस्त इसाई समुदायमा तथा सम्पूर्ण नेपाली जनमा खी्रष्मटमसले हामीमा शान्ति , एकता, बन्धुत्व र नेपाली हुनुको गौरवमा थप उल्लास र उल्साह ल्याओस भन्दै हार्दिक शुभकामना ब्यक्त गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button