सृजनाको चौतारी

शुभकामना !

जोसेफ शर्मा

मनबाट हजुरलाई शुभकामना
यो पावन अवसरमा
मेरो अनि तपाइँको पाप मोचन गर्न
आउनु हुने उहाँलाई कोटी कोटी सादर प्रणाम
हाम्रा हरेक सोचहरु सकारात्मक बन्न सकून
हाम्रा हरेक ईच्छाहरु पवित्र बन्न सकून
ह्दयमा दया र करुणाको सागर बनोस
अरुको आँशू पुछ्न हाम्रा मन र हात हरु अघि सरुन्
शुभकामना
यो पावन खी्रष्टमसमा तपाइँलाई शुभकामना
हाम्रा प्रत्येक वचनहरु सत्यको जगमा जन्मन सकून
हाम्रा हरेक कर्मले परोपकारको मार्ग समातोस
लोभ, लालच र भोगबाट टाढा रहन सकौँ
घमण्ड र ईष्र्याबाट सधै पर बन्न सकौँ
हाम्रा हरेक मनहरु कञ्चन र पवित्र बन्न सकून

शुभकामना हजुरलाई शुभकामना
पावन प्रभूको जन्मदिनमा शुभकामना
बिश्वासको मैदान हाम्रो पहाड बन्न सकोस
परमेश्वरको वचन हामीलाई प्राण बन्न सकोस
आत्मियता र आदरका नमूना बन्न सकौँ
शान्ति र सदभावका पूञ्ज बन्न सकौँ
सबै ओठहरुमा मुस्कान देख्न सकौँ
सबै मनहरुमा शान्ति हेर्न सकौँ
शुभकामना, शुभकामना पावन परमेश्वरको जन्म दिनमा शुभकामना
मुक्तिदाताको जन्म दिनमा शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button