काँकरभिट्टा / होटल व्यवसायी संघ मेचीनगरले महासंघका नवनिर्वाचित केन्द्रीय सचिव र सदस्यलाई सम्मान गरेको छ ।
संघले मंगलबार काँकरभिट्टामा एक कार्यक्रमको आयोजना गरी महासंघका केन्द्रीय सचिव राजु अधिकारी र सदस्य भोलानाथ उप्रेतीलाई सम्मान गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न महासंघको तेस्रो अधिवेशनबाट उनीहरु केन्द्रीय सचिव र सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष तथा मेचीनगर ६ नम्बर वडा कार्यालयका अध्यक्ष ललित तामाङ, संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, जिल्ला कोषाध्यक्ष हरि मैनाली, जिल्ला सल्लाहकार ध्रुव गिरी, सहसचिव रामबहादुर तामाङ, सचिव हस्तबहादुर तामाङलगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तामाङले नवनिर्वाचित अधिकारी र उप्रेतीलाई व्यवसायीको हक हितमा काम गर्न सुझाव दिएका थिए । त्यस्तै, निर्वाचित अधिकारी र उप्रेतीले सदैव व्यवसायीक हकहितमा लाग्ने प्रतिबद्धता जनाएका थिए । पर्यटन भ्रमण वर्ष २०२० को अवसरमा झापाका विभिन्न स्थानमा स्वागतद्धार निर्माण गर्दै संघमार्फत आउने पर्यटकलाई १५ प्रतिशत छुटको व्यवस्था गरिने केन्द्रीय सदस्य उप्रेतीले बताए ।
संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन सचिव हस्तकुमार तामाङले गरेका थिए ।janasamsad