बेलुका ५ बजे नै काठमाडौं उपत्यकाको रात्रि जीवन सकिने भएकाले यसलाई बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस क्षेत्रका स्थानीय सरकार प्रमुखसँग आग्रह गरेका छन् ।
बुधबार भ्रमण वर्षको सन्दर्भमा उपत्यका र आसपासका महानगरसहित १९ वटा नगरपालिकाका मेयर र उपमेयरसँगको छलफलका क्रममा उनले राजधानीजस्तो ठाउँमा रात्रि जीवन हुनुपर्ने बताएका हुन् ।
नेपाल भित्रिने ९० प्रतिशत पर्यटक पहिले उपत्यकामै आउने भएकाले यहाँको अनुभव नै नेपालप्रतिको पहिलो अनुभव हुने भएकाले पर्यटक आकर्षित गर्ने किसिमका काम गर्न पनि उनले आग्रह गरे । गोरखापत्र दैनिकमा छ ।