वि.नि.प्र.प्र. सेवकाइ नेपालका संस्थापक अध्यक्ष तथा स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पास्टर डा. रेभरेण्ड चेत ब. खरेल क्रिसमस शुभकामना दिनुहुदैआनन्द खरेल / पुष ९ गते अर्थात डिसेम्बर २५ क्रिसमस दिवसको दिन संसारका झण्डै १ तिहाई जनसंख्या ओगट्ने इसाई धर्मावलम्बीहरू तथा अरू समुदायका मानिसहरूले पनि बडो धुमधामका साथ ख्रीष्टिमस पर्व मनाएको छ । त्यस्तै बुधबारका दिन ललितपुरको बागडोल स्थित बेखाज पार्टी प्यालेसमा सात सय भन्दा बढीको बिचमा “ख्रीष्ट येशुको जन्म सारा मानिसको पाप क्षमा र मुक्तिको निम्ति हो “ भन्ने शु-सन्देश बाड्ने उद्देश्यलेले वि.नि.प्र.प्र. सेवकाइ नेपाल र स्वतन्त्र विश्वव्यापी मण्डलीले ख्रीष्टमस कार्यक्रम २०७६ भव्यताका साथ मनाएको हो ।
कार्यक्रममा सहभागीहरु
वि.नि.प्र.प्र. सेवकाइ नेपालका संस्थापक अध्यक्ष तथा स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पास्टर डा. रेभरेण्ड चेत ब. खरेलले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता संघीय सांसद माननीय पम्फा भुसालले गर्नुभएको थियो । त्यस्तै विशेष अतिथिहरू प्रदेश न. ३ प्रदेश सभा सदस्य माननीय जीवन खड्का, माननीय राजकाजी महर्जन तथा नेकपा जिल्ला कमिटिका अध्यक्ष श्री हरि कृष्ण व्यन्जनकार हुनुहुन्थ्यो भने अतिथिहरू ललितपुर गोठभन्ज्याङ मा. वि. व्यवस्थापन समितिका अध्यक्ष दिपक खवास, प्राचार्य गंगाराम शर्मा, गृहमन्त्रीका सचीव राजुराना मगर, प्रहरी निरक्षक अमर थापा, बि. एम. कम्पनी भुटानका निर्देशक विशाल दर्जी, दुवइबाट एल्डर कमल थापा, पत्रकार वाङ्छे शेर्पा र निरोज तोलाङेको उपस्थिति रहेको थियो ।
संघीय सांसद माननीय पम्फा भुसाल
कार्यक्रमका प्रमुख अतिथि भुसालले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको हुनाले सबैले आफनो धर्मको अभ्यास र अवलम्बन गर्न स्वतन्त्र रहेको बताउनुभएको थियो । उनले प्रत्येक धार्मिक समुदायले आ आफनो धर्म भन्दा माथि उठी देशको स्वाभिमानलाई रक्षा गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो । त्यस्तै मन्तव्यका क्रममा प्रदेश न. ३ का प्रदेश सभा सदस्य माननीय राजकाजी महर्जनले प्रत्येक धर्मको सम्मान गर्न र देशलाई धार्मिक सद्भावयुक्त बनाउन संविधानमा धर्मनिरपेक्ष राखिएकोले संविधानले कुनै पनि धर्म तथा समुदायलाई विभेद नगरेको जिकिर गर्नुभएको थियो ।
प्रदेश नं. ३ का प्रदेश सभा सदस्य माननीय राजकाजी महर्जन
सोही कार्यक्रमका बीच ललितपुर गोठभन्ज्याङ मा.वि. लाई आर्थिक सहायतासँग कक्षा १ देखि १० सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क छात्रवृतिको व्यवस्था गरी सरकारले गर्न नसकेको कार्य गरी वि.नि.प्र.प. सेवकाई नेपालले विद्यालयलाई गुण लगाएको बताउदै विद्यालय व्यवस्थापन समिति र मा.वि.को तर्फबाट वि.नि.प्र.प्र.का निर्देशक रेभरेण्ड चेत ब. खरेललाई सांसद भुसालको बाहुलीबाट प्रशंसा तथा सम्मानसहित कदर पत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तिहरुसंग अध्यक्ष रेभ. डा. खरेल
कार्यक्रममा विशेष नृत्य र नाटक सहित स्वतन्त्र विश्वव्यापी मण्डलीका जवानहरुले रोचक ढंगले प्रस्तुत गर्नुभएको थियो भने मण्डलीका सदस्यले गरेको मेहनतको सफलतामा मण्डली कमिटीले अध्यक्ष रेभ. डा. खरेलको बाहुल्यतामा ४० वर्षमा SEE पास, पाइलटबाट क्याप्टेन, डाक्टर, इन्जिनियर, बिटिएच, मास्टर, सगीतकार र गायकहरू गरी ११ जनालाई बधाई ज्ञापन गर्दै कदर पत्र वितरण गरिएको थियो । कार्यक्रमका सभाध्यक्ष डा. रेभ. अन्तरास्ट्रिय वक्ता, पास्टर खरेलले ख्रीष्टमसको शुभकामना दिदै “ ख्रीष्टमस किन ? के उद्देश्यले ? येशुको जन्मबारे बताउँनु हुँदै येशुलाई विश्वास गर्नेको पाप क्षमा हुन्छ । नयाँ जीवनका साथ मुक्ति उद्दार पाउनेछ । संसारको ज्योति येशु ख्रीष्ट नै हुनुहुन्छ र यो कुनै चाड होइन “ येशु ख्रीष्ट जन्मनु भएको खुशीयालीमा मुक्ति र उद्दारको सु-सन्देश छर्ने “ दिन हो भनी ख्रीष्टमस सन्देश वचनबाट बाँडनुभएको थियो ।
संसारका ज्योति भनेर चिनिने जिसस क्राइस्टको जन्मदिनको रूपमा इसाईहरूले डिसेम्बर २५ लाई उत्सवका रुपमा मनाउने गरेको छ । यस दिनलाई इसाई लगायत सबै समुदायका मानिसहरूले बडो हर्षोल्लासका साथ मनाउने भएकाले पछिल्लो समय नेपालमा पनि यो पर्वको आँगन फराकिलो बन्दै गएको छ ।