सम्पादकीय

किन बन्न सकेन मेचीनगर नगरपालिका संचार मैत्री ?

सम्पादकीय
बुधवार फेरि प्रेस क्लब मेचीनगरले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझायो । पत्रमा नगरपालिकाले विगतदेखिनै नगरक्षेत्रका संचार माध्यामलाई दिएको लोककल्याणकारी बिज्ञापन वापतको रकम दुई वर्षदेखि ठप्प छ । यसपटक समेत गरेर यहाँका संचार माध्यामले तेस्रो वर्षको लोककल्याणकारी विज्ञापन बापतको रुकम पाउनु पर्ने हो । तर, आजका मिति सम्म पनि यसको कुनै सुनवाई भएको छैन । हुन त यस अघि पनि प्रेस क्लबले ज्ञापन पत्रमार्फत पनि यस विषयमा जनप्रतिनिधिको ध्यानाकर्षण नगरेको होइन तर सुनवाई भएन । अहिले पनि रातो किताबमा रकम उल्लेख गरिएको भएपनि यहाँका संचार माध्याम आकासको फल हेरिरहेकाछन् । नगरका सवारी साधनलाई ओत लाग्ने स्थान (छाता) बनाउन लाखौँ रकम विनयोजन हुनु कति जनमैत्री र जनमूखी कार्यक्रम यस वर्ष आउँदै छ ? भन्ने संकेत मिलेको छ । स्थानीय संचार माध्यामका लागि स्थानीय सरकारको दायित्वलाई किन मेचीनगर नगरपालिकाकाले मनन गर्न सकेको छैन या संचार माध्यामप्रति अघोषित रुपमा अनुदार बनेको हो रहस्य जस्तै भएको छ । रातो किताबमा रकम विनयोजन हुनु भनेको पक्कै पनि दिल्लगी होइन होला तर उल्लेख भएको रकम कार्यान्वयनमा नआउनु ? फेरि कतै दिल्लगीनै त होइन ?अहिले नगर क्षेत्रका पत्रकारहरुको गुनासो छ प्रमुख प्रशासकीय अधिकृत यहाँका संचार माध्यामप्रति सकारात्मक छैनन भन्ने किन हो ? स्थानीय संचार माध्यामप्रति स्थानीय सरकारको ठोस जिम्मेवारी र दायित्व पनि नहुनु अनि विज्ञापन बापतको रकम भुक्तानीका लागि नगरपालिकामा जाँदा प्रमुख प्रशासकीय अधिकृतको कर्कस भाषा सुनेर फर्कनुले मेचीनगर नगरपालिका यहाँका संचार माध्यामप्रति सकारात्मक छैन भन्ने कुराको पुष्टि हुदैन र ? नगर क्षेत्रका संचार माध्यामका लागि भनेर हतारमा गठन गरिएको संचार प्रतिष्ठान कता छ र के गर्दैछ ? गठनका लागि गठन गरेको मात्र हो भने भन्नु केही छैन तर काम गर्नका लागि हो भने अहिले सम्म संचार प्रतिष्ठानको सम्पर्क कार्यालय समेत छैन ! स्थानीय तह भनेको स्थानीय सरकार हो संचार माध्याम कुनै व्यक्तिका नाममा हुन सक्छन् कानुनतः यसको दर्ता र विधि यस्तै हुन्छ तर समग्रतामा संचार माध्याम भनेको सरकारको पनि दायित्व र जिम्मेवारी भएको नगरको सम्पती पनि हो भन्ने कुरा मेचीनगर नगरपालिकाले बुझेको छैन ? पत्रकारहरुलाई पैसा मात्र माग्ने हुन् भनेर नगरका कर्मचारीले जो बुझेकाछन् र यसै प्रकारको भाषा बोलिन्छ पनि तर उनीहरुले सामाजिक जिवनमा पु¥याएको धेरै या थोरै योगदानको चर्चा किन गरिदैन ? के मेचीनगरका पत्रकार नगरपालिकामा थाल बोकेर गएकाछन् वा विज्ञापन छापेर गएकाछन् ? संचारनीति पत्रकार आफैले बनाउने होइन यो स्थानीय सरकारको अधिकार र जिम्मेवारी भित्र पर्छ कि पर्दैन ?स्थानीय सरकारका नाताले मेचीनगर नगरपालिकाले स्थानीय पत्रकारहरुसँग कुनै दिन संचारका विषयमा छलफल गरेको छ ?यहाँका संचार माध्यामको अवस्था उनीहरुलाई दिनु पर्ने सुझावका लागि समेत एक पटक पनि छलफल भएको छैन । पत्रकारहरु ज्ञापन पत्र लिएर जान्छन् , ध्यानाकर्षण पत्र पढेर सुनाउँछन् जनप्रतिनिधिले गंभीरतापूर्वक सुने जस्तो गर्छन् अहिले सम्म यस्तै चलेको छ । स्थानीय सरकारले जारी गर्ने सुचना प्रकाशन तथा प्रशारण गर्न पाउने अधिकार यहाँका संचार माध्यामहरुको हो, यहाँ संचार माध्यामको अवस्थाका बारेमा स्थानीय सरकारका नाताले नगरपालिकाले चासो राख्नै पर्छ तर यस्तो भएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button