खबर

पहिलो क्याम्पसमा पहिलो महिला प्रमुख

काठमाडौँ। नेपालको पहिलो कलेज त्रिचन्द्र क्याम्पसले बल्ल पहिलो महिला प्रमुख प्राप्त गरेको छ। प्राडा नीलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको छ। क्याम्पस स्थापना भएको १०६ वर्ष पुगेको छ। उहाँ सो क्याम्पसको ३३ औँ प्रमुख हुनुभएको छ। २०३७ सालमा त्रिचन्द्र क्याम्पसमा आइएससी र त्यसपछि बिएससी अध्ययन गर्नुभएकी डा. श्रेष्ठले एमएससी अध्ययन र विद्यावारिधि उपाधि त्रिभुवन विश्वविद्यालयबाट हासिल गर्नुभएको हो। उहाँले २०४६ सालबाट त्रिचन्द्र कलेजमै भौतिकशास्त्र विषयको अध्यापन सुरु गर्नुभएको थियो।

आठ वर्षअघि प्राध्यापक हुनुभएकी डा. श्रेष्ठले भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक हुने अवसर पाउनुभएको थियो। करिब ४० वर्षअघि स्थापित नेपाल भौतिक विज्ञान समाजको वर्तमान अध्यक्षसमेत रहनुभएकी उहाँ समाजको पहिलो महिला अध्यक्ष पनि हुनुहुन्छ। उहाँ आफूले अध्ययन गरेको र

सेवा गरिरहेको क्याम्पस भएकाले क्याम्पस सुधारका लागि काम गर्ने बताउनुभयो। भौतिकशास्त्र विभागका प्रमुखसमेत भइसक्नुभएकी डा. श्रेष्ठले ऐतिहासिक क्याम्पसमा ऐतिहासिक काम गर्ने र त्यसका लागि सबैको सहयोग अपेक्षा गरेको बताउनुभयो।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button